नविन के भट्टराईले नचाए विराटनगर

नविन के भट्टराईले नचाए विराटनगर

विराटनगर/ २४ असार । साइमन्स डान्स सेन्टरको कलाकारहरुको नृत्य सकिएपछि उद्घोषकले ‘अब कसलाई बोलाउने भनी ?’ सोधे सबैले चिच्याए ‘नबिन के. भट्टराई’ । लगत्तै आइपुगे ‘नमस्कार’ भन्दै पप स्टार नबिन के. भट्टराई र ‘आँखामा तिमिलाई’ बोलको आफ्नो चर्चित गित सुनाए । विराटनगरको गर्मिको फल बापत पाएको पसिना पुछ्दै भएपनि नबिनले उफ्रदै सुरु गरे ‘डर लाग्छ डर लाग्छ....’ साथ दिए दर्शकले पनि । त्यस पछि उनले ‘आँखा हेरे’ले फ्लोर उचाले । यो गित सकिएपछि उनले ‘अबको गित म विप्लब थापालाई समर्पण गर्न चाहन्छ’ भने पछि सभागृह शान्त भयो र उनले सुरु गरे ‘सायद तिमि नै हौ मेरो मुटुको धड्कन्....’ । नबिनले कार्यक्रममा आफ्ना थप प्रस्तुति समेत दिएका थिए । कार्यक्रममा स्थानिय ब्याण्ड बि साइडर्स र साइमन्स डान्स सेन्टरले पनि आफ्नो प्रस्तुतिले दर्शक उफारेका थिए ।
विरेन्द्र सभागृहमा आयोजित कार्यक्रम गत फागुनमा मोटर साइकल दुर्घटनामा मृत्यु भएका अर्निको कलेजका विद्यार्थीहरु विप्लव थापा र अनोज थापाको स्मरणमा नेशनल वेयलफेयर सोसाइटिले आयोजना गरेको हो । कार्यक्रममा युवाहरुको सक्रिय उपस्थिति रहेको थियो । कार्यक्रमको उद्घोषण बिजय श्रेष्ठ र प्रजिना राईले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्