पहिलो पटक विराटनगरवासीले बि बोइङ्गको मज्जा पाए

पहिलो पटक विराटनगरवासीले बि बोइङ्गको मज्जा पाए

विराटनगर/२१ श्रावण । विराटनगरवासीले शनिवार पहिलो पटक पश्चिमी युवा जमातमा अति नै लोकप्रिय रहेको बि बोइङ्गको मज्जा लिन पाएका छन् । नेपाल ब्रेकडान्स फाउण्डेसनको आयोजना र रोट्रयाक्ट क्लब अफ विराटनगरको संयोजनमा आयोजना गरिएको बि बोइङ्ग कम्पिटिशन मार्फत विराटनगरवासीले यस्तो मौका पाएका हुन् ।
काठमाडौमा हुने राष्ट्रिय बि बोइङ्ग प्रतियोगिताको लागि समुह छनौट गर्नका लागि आयोजना गरिएको यस प्रतियोगितामा धरानबाट आएका तिन समुह सहभागी भएका थिए । सहभागी समुहहरुले बि बोइङ्गका विभिन्न कलाहरु सहित आफ्नो कौशल देखाएका थिए । लागु पदार्थ तथा हिंसालाई नाई भन्ने मुल नाराका साथमा आयोजना गरिएको प्रतियोगितामा जुनियर क्रिउ, अर्ग क्रिउ र ड पेस सहभागी भएका थिए । ति मध्ये उत्कृष्ठ बि बोइङ्ग कला प्रस्तुत गर्ने समुह ड पेस क्रिउ प्रथम भएको थियो । प्रतियोगिताको निर्णायक मण्डलको रुपमा जेनिसा डंगोल, अभिषेक गुरुङ्ग, लारा , असिम स्याङ्गतान, निखिल श्रेष्ठ रहनु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि उद्योग संगठन मोरंगका तृतीय उपाध्यक्ष एवं रोजगारदाता परिषदका सभापति मुकेश उपाध्यायाले सामाजिक उत्तरदायित्व अन्तर्गत उद्योग संगठन मोरंगले यसअघि पनि यस्ता कार्यक्रम नीरन्तर रुपमा गर्दै आएको र यस कार्यक्रमबाट प्रवाह भएका सन्देशले लक्षित वर्गलाई केही हदसम्म भएपनि सकारात्मक वाटोमा डोर्याउन बिश्वास व्यक्त गर्नुभयो ।

त्यसैगरी रोटरी क्लव ईन्टरनेशनल र रोटरी  ब्ल्ब नेपालका टिका उप्रेतीले युवा वर्गले सिक्नु, सिकाउनु र रमाउनु भन्ने उद्देश्य लिई अगाडी बढ्नु पर्ने कुरामा जोड दिनु भयो ।

अमेरीकन एम्बेशी काठमाण्डौ नेपालको प्रतिनिधि शान्ता खडकाले अमेरीकी दुतावास, पब्लिक अफेयर्स सेक्सनले पूनित उद्देश्यलिई आयोजित यस कार्यक्रमलाई दुतावासले सहयोग गर्दै आएको र लागु पदार्थको सेवन गर्ने युवालाई केही हदसम्म भएपनि सही मार्गमा फर्काउन यस कार्यक्रमले मद्त पुर्याउने बिश्वास व्यक्त गर्नू भयो ।

कार्यक्रममा बिभिन्न स्कुलका बिधार्थी, शिक्षक, प्राध्यापक, उद्योगी/ब्यवसायी लगायत दुई सय पचास जनाको सहभागिता रहेको थियो ।

बि बोइङ्ग प्रतियोगिताहरु पश्चिमेली समाजमा अति नै लोकप्रिय मानिन्छ । राजधानी काठमाडौमा धेरै अघि देखि बि बोइङ्गको प्रतियोगिता आयोजना भइरहेको भएता पनि धरान र इटहरी लगायतका पुर्वी नेपालमा यो केहि वर्ष अघि मात्र भित्रिएको हो । बि बोइङ्ग गर्नाले मानसिक, शारिरीक स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने भएको र रमाइलो र आर्कषक पनि हुने भएकोले आफुहरु यसमा लागेको प्रतियोगिताका एक सहभागीले बताए । प्रतियोगिता उद्योग संगठन मोरंगको सभाहलमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्