राष्ट्रिय गीत एल्बमको विमोचन

राष्ट्रिय गीत एल्बमको विमोचन

विराटनगर, १४ भदौ । गीतकार चूडामणि देवकोटाद्वारा रचित तथा संगीतकार शक्तिबल्लभद्वारा संगीतबद्ध राष्ट्रिय गीतहरू संग्रहित एल्बम माटो र मुटुको विमोचन भएको छ ।
राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा एल्बमको सम्मानीय राष्ट्रपति डा. रामवरण यादवले विमोचन गरेका थिए । गीतकार देवकोटा तथा संगीतकार बल्लभको संयुक्त राष्ट्रिय गीतको उक्त एल्बममा सुरेश मानन्धर, सुमित खड्का, आनन्द कार्की, स्वरूपराज आचार्य, मिलन अमात्य, शिशिर योगी, रामभक्त –इतु जोजिजु र सपनाश्रीलगायतका गायक गायिकाहरूको स्वर रहेको एल्बममा आठवटा गीतहरू संग्रहित छन् ।
कार्यक्रममा पूर्वमुख्यसचिव डा विमल कोइराला र गीतकार डा कृष्णहरि बरालले एल्वमको समीक्षा गरेका थिए भने गायकद्वय सुमित खड्का र सुरेश मानन्धरले क्रमशः एल्बममा संग्रहित जुन देशमा बस, शान्ति चाहने मनहरू र गायिका मिलन अमात्यले आमा केही चाहँदिनन् बोलको गीत प्रस्तुत गरेका थिए ।  
तस्बिर पनि छ राष्ट्रपतिले विमोचन गर्दै गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्