“विकल दुल्हा मौगीके गुलाम”को गिति एल्बम सार्वजनिक

“विकल दुल्हा मौगीके गुलाम”को गिति एल्बम सार्वजनिक

विराटनगर,२२ भदौ । नेपाल मिथिला फिल्म प्रोडक्सन्को व्यानरमा बन्न लागेको मैथिली चलचित्र “विकल दुल्हा मौगीके गुलाम” नामक चलचित्रको गिति एल्बमको एक कार्यक्रमका बिच बिराटनगरमा बिमोचन गरिएको छ ।

१६ लाखको लगाानिमा निर्माण हुन लागेको यस चलचित्र “विकल दुल्हा मौगीके गुलाम”लाई श्याम कामतले निर्देशन गरेका हुन भने मदन चौधरी र विजय कामत यस चलचित्रका निर्माता हुन् । निर्देशक कामतले यस अघि पनि सब्से बढ्का ठग, प्रेम सफल लगाएतका चलचित्रको सफल सफल निर्देशन गरिसकेका छन् । चलचित्रमा पटकथा सम्बाद नवीन कर्णको रहेको छ ।

गोकुलम पर्यटकिय विकाश क्षेत्रका अध्यक्ष राधेश्याम पौडेल, समाजसेवी दिपक ढकाल, एमालेका बिजय कामत लगाएतले संम्यूक्त रुपमा एल्बमको बिमोचन गर्नु भएको हो ।  दाईजो प्रथाले समाजिक परिवेशमा पारेको बिशङ्गती, मैथिल समुदायमा अझै सम्म रहेको घर जुवाइ बस्ने चलन र बढ्दै गएको दाइजो मोह प्रतिको विकृति विसंगतीलाइ चलचित्रले भण्डाफोर गर्ने चलचित्रका निर्देशक कामतले बताउनु भयो ।
खास गरी मधेसी समुदायमा दाईजो प्रथाले विकराल रुप लिएकोले आर्थिक लाभका लागि नभई जनचेतना अभिबृद्धिका गर्नका लागि चलचित्र निर्माण गरीएको चलचित्रका निर्माता मदन चौधरीले जानकारी दिनुभयो ।
पोखरा, धरान, धनकुटा, लगाएत तराईका जिल्लाहरु सिरहा, सप्तरी, मोरङका ग्रामिण भेगमा चलचित्रको छायाङ्गन हुने निर्माण पक्षले बताएको छ । चलचित्रमा संगित युवा संगितकार प्रवलदिप विस्वास र भगवत मण्डलले दिएका छन् भने प्रवलदिप विस्वास, निसा अटल, अनु चौधरी लगाएतले  स्वर दिएका छन ।

–युवराज अधिकारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्