विराटनगरवासीले ज्ञानु राणालाई प्रत्यक्ष सुन्न पाउने

विराटनगरवासीले ज्ञानु राणालाई प्रत्यक्ष सुन्न पाउने

‘सिरिमा सिरी बतास चल्यो.......’ कुनै समय रेडियो नेपालको यो चर्चित गितकी गायिकालाई विराटनगरवासीले प्रत्यक्ष सुन्ने अवसर पाउदैछन् । आरोहण गुरुकुलको आयोजनामा शुसिला कोइराला नाट्य घरमा भदौ ३० गते शुक्रबार हुने ‘ज्ञानु राणा एकल गायन’मा विराटनगरवासीले उनलाई सुन्ने अवसर पाउनेछन् ।
‘विराटनगरवासीलाई नेपाली लोक तथा शास्त्रिय संगीत सुनाउन तथा पुराना पूस्ताहरुको संगीतको परिचय दिन यो कार्यक्रम आयोजना गरेका हौ’ कार्यक्रमका सह संयोजक सुमन पोखरेलले बताए । उनको अनुसा गुरुकुल गितसंगीतको नाममा प्रत्येक २ महिनामा एउटा साँस्कृतिक कार्यक्रम गर्ने उद्देश्यका साथ सुरु गरिएको अभियानको रुपमा यो पहिलो प्रयास गरिएको हो । ‘नेपाली शास्त्रीय तथा लोक संगीतका प्रेमीहरुको लागि यो सुनौलो अवसर हुनेछ’ पोखरेलले भने ‘यस पछिका कार्यक्रमहरुमा स्थानीय गायकहरुलाई पनि सहभागी गराउने छौ ।’
कार्यक्रममा २२० सिट क्षमता भएको शुसिला कोइराला नाट्यघरको सम्पुर्ण सिट भरिने पोखरेलले आशा व्यक्त गरे । ‘केहि दिन अघि सम्पन्न भएको कवि कृष्ण भुषण वलको कविता वाचनमा भएको सहभागीताको आधारमा कार्यक्रममा धरान, दमकसम्मका दर्शक आउने हामीले अपेक्षा गरेका छौ’ उनले भने । कार्यक्रमको टिकट गुरुकुल विराटनगरमा मात्र राखिएको बताउदै पोखरेलले अब केहि दिन भित्रै अन्य स्थानबाट पनि उपलब्ध गराउने जानकारी दिए ।
२००४ सालमा काठमाडौमा जन्मिएकी ज्ञानु राणाले नेपाली, नेवारी, हिन्दी, उर्दु लगायतका भाषाका सयौं गितहरु गाएकी छिन् । लोक, आधुनिक, शास्त्रिय, भजन लगायतका संगितमा अमुल्य योगदान पु¥याएकि राणा इन्द्रराज्य लक्ष्मी पुरस्कार, छिन्नलता पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार लगायत प्राप्त गरेकी छिन् ।
उनले ‘सल्लाई हो जोबन कल्लाई हो....’, ‘सागर हो स्वास्नी मान्छे......’, सिरिमा सिरी बतास चल्यो.....’ लगायतका सदाबहार गितहरु गाएकि छिन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्