गुरुकुलमा रञ्जनको चित्रकला प्रदर्शनी

गुरुकुलमा रञ्जनको चित्रकला प्रदर्शनी

विराटनगर, २९ भदौ । आरोहण गुरुकुल विराटनगरमा बिहीबारदेखि कलाकार पल्लव रञ्जनको एकल चित्रकला प्रदर्शनी सुरु भएको छ ।
प्रदर्शनीको वरिष्ठ कवि कृष्णभूषण बल र वरिष्ठ कलाकार गोपाल कलाप्रेमीले संयुक्त रूपमा उद्घाटन गरेका थिए । प्रदर्शनीको आयोजना स्पाइनी ब्याबलर, मुन्चा डटकम र गुरुकुलले संयुक्त रूपमा गरेको हो । उक्त चित्रकला प्रदर्शनीमा मुख्य आकर्षणको रूपमा कलाकार रञ्जनको ५८ फिट लामो र ८ फिट चौडा चित्रसमेत प्रदर्शनीमा राखिएको छ । प्रदर्शनीका राष्ट्रिय संयोजक शिखर आरोहणका अनुसार उक्त चित्र सम्भवतः नेपालकै सबैभन्दा ठूलो चित्र हो । प्रदर्शनीमा नेपाली समाजले इन्टरनेटको आवश्यकता र त्यसबाट लिनसक्ने फाइदाहरूबारे कोरिएका चित्रहरू प्रदर्शित छन् । प्रदर्शनी आज शुक्रबारसम्म सञ्चालन हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्