गूरुकुलमा चतूरेको दाउपेच सुरु

गूरुकुलमा चतूरेको दाउपेच सुरु

लोभी बाउहरुबाट पिडित छोराहरुलाई समस्याबाट छुटकारा दिलाउन बाठो नोकरले अपनाएको अनेक दाउबेच बिच बुनिएको करिब एक घण्टा चालिस मिनेट लामो नाटक ‘चतुरेको दाउपेच’को आइतबार गुरुकुलले शुसिला कोइराला नाट्य घरमा प्रथम प्रदर्शन गरेको छ । विभिन्न ठग बुद्धियुक्त नोकर चतुरेले समस्यालाई समाधान गर्ने क्रममा अपनाएको चतुरताहरुले भरिपुर्ण हास्य विधाको यस नाटकले विशेषत कुनै सन्देश दिदैन तर दर्शकलाई भने चतुरेको चतुर्याई पुर्न दाउपेचहरुले पेट मिच्न बाध्य पार्ने गर्दछ ।
‘पहिले विभिन्न रुपमा यहि कथामा आधारित नाटक तथा सिरियलहरु निर्माण भईसकेपनि यस पटक नयाँ शैली र फरक स्वाद दिने उद्देश्यले विराटनगरमा पनि यसको मञ्चन गरिएको हो ।’ नाटकका निर्देशक तथा गुरुकुलका अध्यक्ष सुनिल पोखरेलले बताए । उनले भने ‘नाटकले दर्शकहरुलाई भरपुर मनोरञ्जन दिनेमा ढुक्क छु ।’
‘कृष्ण धितालले चतुरेको भुमिकालाई न्याय गरेको देखिन्छ ।’ उनको अभिनयबाट प्रभावित भएका एक दर्शकले बताए । आइतबार पत्रकार र विशिष्ट व्यक्तिहरुबिच प्रथम प्रदर्शनी गरिएको नाटक असोज १३ गतेसम्म पहिलो चरणमा र पुनः असोज २७ देखि कात्तिक ६ गतेसम्म गरी दुई चरणमा देखाइने जानकारी गुरुकुलले बताएको छ । नाटकमा खेम नेपाली, विरोज लामिछाने, मिलन नेपाली, सीता न्यौपाने, दीपा पोखरेल, सम्झना आचार्य, प्रदिप गुप्ता, लक्ष्मणपुण्य लामिछाने, उद्धव सापकोटा, रामकुमार प्याकुरेल, उमा दाहाललगायतको अभिनय रहेको छ ।
विराटनगर गुरुकुलकै स्थानीय कलाकारहरुले अभिनय गरेको यो दोस्रो नाटक हो । १५औ शताब्दीमा फ्रेन्च नाट्यकार मोलिएरले लेखेको यस नाटकलाई करिब दुई दशकअघि गुरुकुलले नै मञ्चन गरिसकेको हो । मोलिएरको यहि कथामा आधारित रहि नेपाल टेलिभिजनले पनि चालिसको दशकमा टेलिशृखंलाको रुपमा ‘चतुरेको दाउपेच’ प्रशारण गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्