नेपाल बजार हेर्नैलाई पनि आउछन् : मनोज विक्रम शाह

नेपाल बजार हेर्नैलाई पनि आउछन् : मनोज विक्रम शाह

# दसैंको चहलपहलले कत्तिको छोएको छ ?
नेपाल बजार खुले देखि नै यसको चहल पहल उत्तिकै छ । सायद नयाँ स्टोर भएर पनि होला यसलाई हेर्नकै लागि पनि हरेक दिन मानिसहरुको भिड यहाँ आउने गर्छ । तर पनि गएको हप्ता देखि दसैं तिहारको सामाग्रीहरु खरिद गर्नका लागि ग्राहकहरुको भिड नेपाल बजारमा बढि रहेको छ ।

# उद्घाटन दसैं आउनु केहि महिना मात्र अघि गरियो , दसैंलाई टार्गेट गरेर उद्घाटन गरिएको हो ?
होइन, यसको उद्घाटन पाँच–छ महिना अघिनै हुनु पर्ने थियो तर निर्माण कार्य समयमा सम्पन्न नभएकाले उद्घाटन लम्बिन गएको हो । खोल्नलाई योग्य अनि ग्राहकहरुको सेवा सुविधा परिपुर्ति गनै योग्य भए पछिमात्र हामीले यसको उद्घाटन गरेका हौ ।

# दसैं,तिहार पर्वमा केहि विशेष अफर ल्याउनु भएको छ ?

हामी योजना बुन्दै छौ । नेपाल बजारले आफ्नौ छुट्टै पहिचान बनाउनका लागि सुरुवात देखिनै कम मुल्यमा गुणस्तरीय सामाग्री उपलब्ध गराउने भएकाले पनि यसलाई कुनै स्किम आवश्यक पर्छ जस्तो लाग्दैन तर पनि ग्राहकवर्गका लागि विशेष स्किम ल्याउदै छौ ।


# ग्राहकहरुको सेवा सुविधामा कत्तिको ध्यान दिएको छ ?

हामीले ग्राहकसँग गर्ने व्यवहारदेखि उहाँहरुलाई दिनु पर्ने सेवा सुविधामा हामीले निक्कै ध्यान दिएका छौ । ग्राहकहरुकै सेवाका लागि हामीले एउटै फ्लोरमै चारवटासम्म काउण्टर राखेका छौ । चाँडै नै लिफ्टको व्यवस्था गर्दैछौ । अण्डर ग्राउण्ड पार्किङ सञ्चालनको तयारी भैरहेको छ । हामी ग्राहकहरुलाई सके जति सन्तुष्टि दिने प्रयास गर्नेछौ ।

# ग्राहकहरु कत्तिको सन्तुष्ट छन् नि ?
हामी यो क्षेत्रमा विल्कुलै नयाँ हौं । हामी हाम्रा ग्राहकहरुले दिएको सल्लाह सुझावबाटै सिकेर त्यही अनुसार नेपाल बजारको सेवा सुविधा थप्दै लगिरहेकाछौ अनि लानेछौ । नेपालकै प्रतिष्ठित रेष्टुरेन्ट समुह नाङ्लोलाई पहिलो पटक हामी विराटनगर ल्याउने प्रयासमा छौ । केहि महिना भित्र नै नेपालको माथिल्लो तल्लामा नाङ्लो खुल्ने पक्का भएको छ । यसबाट सबै विराटनगरवासी उत्साहित भएका छन् ।

# उद्घाटन दसैं आउनु केहि महिना मात्र अघि गरियो , दसैंलाई टार्गेट गरेर उद्घाटन गरिएको हो ?
होइन, यसको उद्घाटन पाँच–छ महिना अघिनै हुनु पर्ने थियो तर निर्माण कार्य समयमा सम्पन्न नभएकाले उद्घाटन लम्बिन गएको हो । खोल्नलाई योग्य अनि ग्राहकहरुको सेवा सुविधा परिपुर्ति गनै योग्य भए पछिमात्र हामीले यसको उद्घाटन गरेका हौ ।

# नेपाल बजार कत्तिको सफल भए झै लाग्छ ?
विराटनगरमा यस अघि पनि दुई दुई वटा डिपार्टमेन्ट स्टोर्स सञ्चालनमा आएर बन्द भइसकेकाले पनि हामीमा चुनौती निक्कै ठुलो छ । सबै ग्राहकहरुबाट सकारात्मक टिप्पणीहरु आएका छन् । हामी चुकेका स्थानमा ग्राहकले हामीलाई गाली गर्दा हामीले आफ्नो गल्ती सुधार्ने प्रयास गरेका छौ । यसले गरेको कारोबार पनि औसत छ । समग्रमा भन्नु पर्दा अहिलेसम्म भएको पहिलो चरणको कार्यहरुमा हामीले सफलता हासील गरेको मान्नै पर्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्