विराटनगरमा पहिलो पटक प्रशान्तलाई ल्याउदै छौ

विराटनगरमा पहिलो पटक प्रशान्तलाई ल्याउदै छौ

मोरङको दादरबैरियामा करिब तिन दशक अघि जन्मिएका साइमन राजवंशीको बाल्यकाल दादरबैरियामै बित्यो । सानै उमेर देखि नाच्न भने पछि मरिहत्ते गर्ने साइमन गाँउघरमा हुने विवाह, ब्रतमन्ध जस्ता कुनै पनि अवसर छाड्दैन थिए रे ! उनी नाच्न कै लागि नौटंकिहरुमा समावेश हुने गर्द थिए । यहि अचम्मको शोख अहिले उनको पेशा बनेको छ तर उनी नाच्नमा मात्र हैन वेस्टर्न प्याटर्नका ज्याज र कन्टेम्पोररीलगायतका विधामा नचाउन पनि सिपालु मानिन्छन् । साइमन, नेपाली नृत्य जगतमा ब्राण्ड नेम बनिसकेको छ । प्रस्तुत छ राजेन्द्रलक्ष्मी गोल्छालाई आफ्नो जीवनमा परिवर्तन ल्याउने गड मदरको रुपमा मान्ने कोरियोग्राफर तथा साइमन्स डान्स कम्पनीका संचालक साइमन चौधरीसँग सरोज कार्कीले गरेको कुराकानी :

नृत्य क्षेत्रमा कसरी लाग्नु भयो ?
म मोरङको गाँउको साधारण युवक । सानै देखि नाच्न रहर लाग्ने । स्कुल, गाँउ अनि विभिन्न अवसरमा नाच्न मै रमाउथे । एसएलसि पछि विराटनगर आएर नाटेश्वर आर्टमा सहभागी भएपछि २०५४ सालमा विभिन्न विद्यालयहरुमा नृत्य शिक्षकको रुपमा बालबालिकाहरुलाई सिकाउन थाले । यसैविच राज्यलक्ष्मी गोल्छाको सहयोगमा भारतको मद्रास, चेन्नई र सिंगापुरमा नृत्यको प्रशिक्षण लिने अवसर पाए ।

प्रशान्त तामाङ्ग, सुगम पोखरेललगायतका कलाकारहरुलाई ल्याएर कन्सर्ट गर्ने सोच कसरी आयो ?

कन्सर्ट गर्नुपर्छ भन्ने सोच आउदा सूरुका दिनमा उदितनारायण झालाई ल्याउने बिचार गरिएको थियो तर उनी विराटनगर आइसकेका हुँदा केहि नयाँ गरौ न भन्ने लागेर प्रशान्त तामाङ्गलाई ल्याउन लागेका हौ । देश विदेशमा परिचित अनि नेपालीले नै इण्डियन आइडल बनाएका प्रशान्तलाई सुन्नमा विराटनगरवासी बञ्चित भइरहनु ठिक होइन भन्ने बुझेर उनीसँगै धेरै विशिष्ट कलाकारहरु सहितको कन्सर्ट गर्न लागेका हौं ।

ठुलो कार्यक्रम ल्याउनु भएको छ , अहिलेसम्मको रेसपोन्स कस्तो छ  ?
एकदमै राम्रो छ । युवावर्ग देखि ७० वर्षे बृद्धाहरुले समेत प्रशान्त तामाङ्ग आउन लागेकोमा एकदमै उत्साहित छन् । विराटनगरवासीहरुको उत्साह देखेर नै हामीले १५ देखि २० हजार दर्शक आउने अपेक्षा गरेका छौ । यो कन्सर्ट भव्यरुपमा सफल हुनेमा म ढुक्क छु ।

कन्सर्टको तयारी कस्तो गर्नु भएको छ ?
हामीले कन्सर्टको तयारी लगभग पुरा गरिसकेका छौ । सुरक्षा व्यवस्थाका लागि प्रहरी प्रशासनबाट सकारात्मक सहयोगको विश्वास पाएका छौ । दर्शकहरुको सुरक्षादेखि उनीहरुलाई कन्सर्टको अवलोकनमा कुनै बाधा नपरोस भन्ने कुरामा पनि विशेष ध्यान दिएका छौ । साउण्ड सिस्टम, म्युजिक र स्थानहरुमा कुनै सम्झौता नगरि कन्सर्टको तयारी गरेका छौ ।

भविष्यको लागि योजना के बनाउनु भएको छ  ?

अहिले त दशैको उपलक्ष्यमा गर्न लागेको यस कन्सर्टकै तयारीमा पुर्णरुपमा लागेका छौ । यो सफल भए विराटनगरमै अर्को वर्ष यहि समय भारतिय गायक शानलाई ल्याउने छौ । आगामी दिनमा काठमाडौमा पनि साइमन्स डान्स कम्पनीको शाखा विस्तार गर्दैछौ । आशा गर्छौ सबैले हामीलाई माया गरि हाम्रो हरेक कदममा साथ दिनु हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्