विराठनगर ३८ असोज । बरिष्ठ कवि एंवम गजलकार मधु पोखरेलको तिमी आईनौ गजल एल्बमको आज विमोचन गरिएको छ । आज जिल्ला विकास समिति मोरङ्गको सभाहलमा एक कार्यक्रम अन्त्तर्गत कार्यक्रमका प्रमुख अतिथी बरिष्ठ कलाकार देश भक्त खनाल र विराटनगरका विभिन्न सञ्चार माध्यमका सम्पादक टोलीले सयुत्त रुपमा उक्त एल्बमको विमोचन गरिएको थिए । सो एल्बमलाई चादनी फिल्मको उत्पादक तथा वितरक रहेको छ । तिमी आएनौ गजल एल्बममा जम्मा ७ वटा गित रहेको र नेपालका चर्चित गायक गायिका सत्यश्वरुप आर्चाय, शिव परियार, अन्जु पन्तले स्वर दिनु भएको छ भने विकास चौधरीले संगित दिनु भएको छ ।