फेरी सुरु भयो चतुरेको दाउपेच

फेरी सुरु भयो चतुरेको दाउपेच

विराटनर, २८ असोज । आरोहण गुरुकुलको प्रस्तुतिमा सुशीला कोइराला नाटक घर विराटनगरमा चतुरेको दाउपेच नाटक २७ गते शुक्रबारदेखि पुनः देखाइन सुरु गरिएको छ । गत असोज ८ देखि १३ गतेसम्म देखाईएको नाटक दशै विदाका कारण मञ्चन रोकिएको थियो । फ्रान्सेली प्रसिद्ध नाटककार मोलिएरको लेखन तथा कल्पना घिमिरेको अनुवाद रहेको नाटक चतुरेको दाउपेचको निर्देशन आरोहणका अध्यक्ष सुनील पोखरेलले गरेका हुन् । लोभी बाउहरुको उत्पीडनमा परेका छोराहरुलाई जोगाउन नोकर चतुरेले अपनाएको अनेकौ दाउपेचहरु नाटकमा समेटिएको छ । कृष्णप्रसाद धिताल, खेम नेपाली, लक्ष्मणपुण्य लामिछाने, मिलन नेपाली, दिपा पोखरेल, सिता न्यौपाने, सम्झना आचार्यलगायतको अभिनय रहेको नाटक कात्तिक ६ गतेसम्म देखाइने गुरुकुल विराटनगरका अध्यक्ष भैरव क्षेत्रीले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्