चर्किन्छ मुटु

<span class='c1'>चर्किन्छ</span> <span class='c2'>मुटु</span>

- दिङ्लाली कान्छो

चर्किन्छ मुटु यी आमा मेरी रोएको देखेर
किन हो कुन्नि सन्तान सबै सोएको देखेर ।

उठ न उठ ए मेरा दाजु पुछौं न त्यो आँसु
बल्दछ आगो अरुले आमा छोएको देखेर ।

भक्कानो छुट्छ आमाको आँसु देखेर हातीमा
जातीयताको उर्लंदो भेल फोएको देखेर ।

होशमा छैनन् के होला भोलि समय जान्दैन
गरिबीलाई जातीयताले धोएको देखेर ।

मूर्छित भइन् यी मेरी आमा हेर न सबैले
राष्ट्रियताको चिनारी आज खोएको देखेर ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्