नेपालका नेपालीहरू हेर्दा

नेपालका नेपालीहरू हेर्दा

नेपालका नेपालीहरू हेर्दा छक्क पर्दा हुन् छिमेकी मित्रजन ।
अशान्त मुलुक रहेछ भन्दै सहयोग गर्लान् भित्र मन ।।
सधैं रुन्थे नेपाली विदेशतिर मात्र लागेका छन् ।
भोकभोकै केही नलागेर सबै उतैउतै भागेका छन् ।।

कोही उताका कोही यताका सबै हामी नेपाली भन्छन् ।
असल खराब जो जति छन् सबै नेपालीमै गन्छन् ।।
शान्ति नदिने नेपालीका पछि धेरै नेपाली आए ।
यताका भए पनि उताका भए पनि सबैले दुःख पाए ।।

राष्ट्रिय भाषा भेषभुषा छासमिस कसरी चलेको ।
उद्योग व्यापार कति कति धन्दा सबै गलेको ।।
सबै क्षेत्र महँगी छ भारी बोक्ने भरिया हाम्रा ।
सुटबुट पहिरन लगाएका नाङ्गैनाङ्गा झन् राम्रा ।।

कति जान्ने नेपाली जताततै सर्वनाशै पो पारे ।
राष्ट्रको दुर्दशा नै बनाए सप्रन पचास वर्षपछि सारे ।।
आधाभन्दा बढी विदेशी नेपाली अब उतै बस्छन् ।
बाँकी जो जति छन् सबै उतै जान कम्मर कस्छन् ।।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्