किसानका छोरा हामी माटो पाउँनू पर्छ
प्रगतिले अगि बढ्ने बाटो पाउँनू पर्छ
हाम्रो रगत पसिनाको मूल्य हराएछ
बाँच्नलाई अब त्यसको साटो पाउँनू पर्छ
कृषिजन्य वस्तु व्यापारीको खुसी भयो
मजदुर किसानमुखी कानून चाँडो आउँनू पर्छ
आधुनिक खेतीलाई प्रविधि प्रोत्साहन–
दिने नियम बसाउँन तातो लाउँनू पर्छ
हिंड्दा बाटो, बाँच्दा जीवन, मर्दा चिहान अट्ने
हेक्टर नहोस्, धूर कठ्ठाको टाटो पाउँनू पर्छ