निमा रुम्बा विराटनगर आउने

निमा रुम्बा विराटनगर आउने

विराटनगर, १२ फाल्गुन । भोली शनिवार विराटनगरको नमस्कार होटलमा हुने एक साँगितिक कार्यक्रमका लागि गायक निमा रुम्बा यहाँ आउने पक्का भए पछि विराटनगरका सँगित प्रेमी दंग परेका छन् सुपर हिरोज इनकर्पोरेशनले आयोजना गर्न लागेको "साउण्ड अफ लभ विथ निमा रुम्बा" का लागि रुम्बा विराटनगर आउने भएका हुन् । कार्यक्रमका लागि गायक रुम्बा आजै शुक्रबार साँझ विराटनगर आइपुग्ने द सुपर हिरोजका सौरभ राजभण्डारीले जानकारी दिनुभयो । उहाँको अनुसार शनिवार अपह्रान्ह हुने कार्यक्रमको सम्पुर्ण तयारीहरु पुरा भइसकेको छ । विराटनगरमै पहिलो पटक ककटेल पार्टि आयोजना गर्ने दाबी गरिएको कार्यक्रमका लागि आयोजकले ५ सय रुपैयाको टिकटहरु भ्यालेन्टाइन बेकरी क्याफे, ग्यालेक्सी फेसन वेयर र आफ्नै कार्यालयबाट विक्रि गरिरहेका छन् । आवर विराटनगर डटकमले कार्यक्रमको विश्वभर लाइभ स्ट्रिमिङ गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner