आरति दाहालले पूर्वाञ्चल सुपर मोडलको ताज पहिरिन

आरति दाहालले पूर्वाञ्चल सुपर मोडलको ताज पहिरिन

विराटनगर, २० फाल्गुन । आरति दाहलले पूर्वाञ्चल सुपर मोडलको ताज पहिरिएकि छिन् । कन्टेस्टेन्ट नम्बर ९ कि उनले शनिवार साँझ विराटनगरमा आयोजित प्रतियोगितामा पूर्वाञ्चल सुपर मोडलको ताज प्राप्त गरेकि हुन ।
शनिवार अबेरसम्म सञ्चालित कार्यक्रममा प्रतियोगितहरुबिच विभिन्न प्रकारका मोडलिङ प्रतियोगिताका राउण्डहरु आयोजना गरिएको थियो । निर्णायकहरु युवा उद्यमी प्रकाश मुन्दडा, नायक आयुब केसि, नायिका ममता प्रधान, किरण बोहराले ति विभिन्न राउण्डहरुमा उत्कृष्ठ भएको आधारमा आरतिलाइ सुपर मोडलको रुपमा छनौट गरेका हुन् ।
प्रतियोगिताको पहिलो चरणमा उत्कृष्ठ पाँचको छनौट भएको थियो । उत्कृष्ठ पाँचमा परेका रोनीका भेडुवाल, सुस्मा प्रधान, आरती दाहाल, पुनम बुढाथोकि र आयसा कटुवालबिच दोस्रो चरणको प्रतियोगिता गराएर उत्कृष्ठलाई पूर्वाञ्चल सुपर मोडलको  ताज प्रदान गरिएको हो । उत्कृष्ठ पाँचका लागि आयसा कटुवाल र मन्जीला मगरको अंक समान आएपछि उनीहरुलाई टाइ प्रश्न गरिएको थियो । टाइ प्रश्नबाट आयसा उत्कृष्ठ पाँचमा परेकि थिइन ।
यसै गरि प्रतियोगितामा मिस फोटोजेनिक बिजेता आरती दाहाल,  फस्ट रनरअप सुस्मा प्रधान, सेकेन्ड रनरअप पुनम बुढाथोकि, भ्युअर च्वाइस अन्जु राइ, बेस्ट ड्रसअप निलम प्रधान, मिस ट्यालेन्ट र मिस डिसिप्लेन दुबैमा मन्जिला मगर, बेस्ट स्माइल आयुसा कटुवाल, मिस फ्रेन्ससिप पुनम बुढाथोकि, बेस्ट फिजिक्स रोनिका भेडुवाल, बेस्ट हेयर गरिमा श्रेष्ठ, बेस्ट क्याटवक सुस्मा प्रधानलाइ प्रधान गरिएको थियो । बिजेतालाइ प्रमुख अतिथि अभिनास बोहराले उपाधी प्रदान गरेका थिए ।
प्रतियोगिताबाट पुर्वाञ्चल सुपर मोडल छनौट भएकि आरति दाहालले स्वतः मिस नेपालको प्रतिस्पर्धामा स्थान पाउने एवान इन्टरटेनमेन्टका डाइरेक्टर निराजन लुइटेलले जानकारी दिए । प्रतियोगिहरुलाई कोरियोग्राफर जतिन ताम्राकारले प्रशिक्षण प्रदान गर्नुको साथै प्रतियोगिताको कोरियोग्राफि गरेका थिए ।
प्रतियोगिता बिच चर्चित हास्यकलाकार तथा क्यारिकेचरर पारस थापाले विभिन्न व्यङ्ग्यात्मक क्यारीकेचरहरु प्रस्तुत गरि दर्शकहरुलाई हसाँएका थिए भने युवा गायक नवराज बस्नेतले विभिन्न चर्चित गित गाएर दर्शकलाइ नचाएका थिए । कार्यक्रम आयुष बरुवालले सञ्चालन गरेका थिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner