“लाल मधेश” पछि फेरी आउदैछन सलिम

“लाल मधेश” पछि फेरी आउदैछन सलिम

अमिना मुभिज क्रिएशनले भोजपुरी चलचित्र "कयामत से कयामत तक"को निर्माण गर्ने भएको छ । निर्माता तथा नायक सलिम अन्सारी र विजय कामतले चलचित्र विशुद्ध मनोरञ्जनात्मक भोजपुरी भाषामा बन्ने जानकारी दिए ।
भोजपुरी भाषाका चर्चित भारतीय निर्देशक रुपेन्द्र वर्माको निर्देशनमा बन्ने चलचित्रमा नायक सलिम अन्सारी र विजय कामत, नायीका माधुरी मिश्रा र रेन्नी सरोज, विरेन्द्र कुशवाह लगायतको मुख्य भुमिका रहने जनाइएको छ । चलचित्रमा रविन्द्र खारे र सुमित त्रिपाठीको संगीत , सलिम अन्सारीको गित, उदित नारायण झा, कुमार सानु, अभिजीत, रेखा राव र स्वयं सलीम अन्सारीले स्वर दिएको पत्रकार सम्मेलनमा जनाइएको छ । करिब ४५ लाख भारतीय रुपैंया लागत लाग्ने र चैत्रको अन्तिम सातावाट सुटिङ सुरु भई असार भित्र प्रदर्शनमा ल्याइने चलचित्रको सुटिङ नेपालको विराटनगर र फिक्कलमा ९० प्रतिशत र बांकी भारतीय क्षेत्रमा गरिने निर्माण पक्षले जानकारी दिएको छ । सलिम अन्सारीले यस अघी लाल मधेश निर्माण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner