ठोक्सिलामा पुस्तकालय बनाउन पूर्वमा दासढुंगा देखाइने

ठोक्सिलामा पुस्तकालय बनाउन पूर्वमा दासढुंगा देखाइने

उदयपुरको ठोक्सिला गाउं विकास समितिमा सामुदायीक पुस्तकालय स्थापनाका लागि पुर्वका विभिन्न प्रमुख शहरहरुमा चलचित्र दासढुंगाको च्यारीटी सो गरिने भएको छ ।
सुनाखरी युवा क्लब ठोक्सीलाले मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै पुस्तकालय निर्माणका लागि विराटनगर, धरान, गाइघाट र ठोक्सीलामा चलचित्र दासढुंगाको च्यारीटी सो गरिने जानकारी गराएको हो ।
ठोक्सीला गाविसमा चारवटा उच्च माध्यमिक तथा माध्यमिक विद्यालयहरुरहेका भएपनि अहिलेसम्म एउटा पनि पुस्तकालय नरहेकोले एउटा पुस्तकालयको आवश्यकता महशुस गरी त्यसको खर्च जुटाउन दासढुंगा चलचित्रको च्यारिटी गरीन लागेको आयोजक क्लबले जनाएको छ । उक्त चलचित्रको च्यारिटी सो चैत्र ४ गते धरानको हात्तिसार क्याम्पस, चैत्र ७ गते गाईघाटको सिटीहलमा ,चैत्र ८ र ९ गते ठोक्सीला गाउं विकास समितिमा र चैत्र १८ गते विराटनगरको गुरुकुलमा गरिने भएको छ । २०५० साल जेठ ३ गते चितवनको दासढुंगा स्थित नारायणी नदिमा सवारी दुर्घटनामा मृत्यु भएका एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जिवराज आश्रीतको मृत्यु भएको घटनालाई लिएर दासढुंगा चलचित्र निर्माण गरीएको निर्देशक मनोज पंडितले जानकारी दिए । यस्ता फिल्मले सामाजीक मनोवैज्ञानिक धारणालाई उत्प्रेरीत गर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner