दिपाश्रीको विवाह राजेश हमालसंग हुँदैछ: दिपाश्रीका गुरु कामेश्वर

दिपाश्रीको विवाह राजेश हमालसंग हुँदैछ: दिपाश्रीका गुरु कामेश्वर

मोरङ, २३ वैशाख । उनले सिकाएका चेलाचेलीहरु राष्ट्रिय मात्र हैन, अन्तराष्ट्रियस्तरमा समेत नाम चम्काउन सफल भएका छन् तीनै कलाकारहरुलाई नृत्य सिकाउने विराटनगरका नृत्य निर्देशक कामेश्वर झा भने अहिले पनि त्यही कार्यलाई निरन्तरता दिइरहेका छन् ।
राष्ट्रियस्तरमा मात्र हैन अन्तराष्ट्रिय क्षेत्रमा समेत लोकप्रिय बनेका उदितनारायण झादेखि लिएर नेपाली टेलि श्रींखला तितो सत्यकी अभिनेत्री दिपाश्री निरौला, नेपाली सिने क्षेत्रका आधा दर्जन नयक नायिकालाई कामेश्वर झाले नृत्य सिकाएका छन् । ‘गुरु गुड चेला चिनी’ भने झैं उनीहरुलाई नृत्य सिकाएर प्रगति गर्दै उचाइमा पुगकाले अहिले  उनीहरुको दाँजोमा आफुलाई राख्न नसकिने झा बताउँछन् । ‘उनीहरुको स्तर कहाँ मेरो कहाँ अहिले आएर बोल्न मिल्दैन’–झाले भने ‘तर सत्य कुरा चाहीं केहो भने मैले उनीहरुलाई डान्स सिकाएकै हो ।’ उनले २०२३ सालदेखि कला क्षेत्रमा लागेर राष्ट्रलाई योगदान गरेवापत २०५४ सालमा सम्झिएर राष्ट्रिय प्रतिभा पुरस्कारले सम्मान गरेको थियो ।
 

उनका अन्तराष्ट्रिय स्तरमा चिनिएका चेलाहरु:
२०५४ सालतिरको कुरा हो नृत्य प्रतियोगिताको लागि नेपाली टोलीको प्रतिनिधित्व गर्दै कामेश्वर चिन जान लागेका थिए, त्यसको अघिल्लो दिन मात्र उदित नारायण झाले काठमाडौंमा भेटेर आफु पनि चिन जाने भनेका थिए । ‘मैले कहाँ डान्सको प्रोग्राममा तिमी जाने, तिमीलाई नाच्नै आउदैन भन्दा उनले डान्स सिकेर भएपनि जान्छु दाइ मलाई पनि सिकाइदिनोस् न भनेर जिद्धि गरेपछि मैले एक दिन दिनभरी डान्स सिकाएर चाइना लगेको थिए’– कामेश्वरले अतित सम्झीए ‘त्यतिबेला मैले उदितलाई डान्स सिकाएको फोटो अहिले पनि मसंग छ ।’
त्यसैगरी उनका अर्का चेला साइमन राजवंशी अहिले मुम्बईमा रहेर फिल्मी क्षेत्रमै काम गरी रहेका रहेछन् ।

दिपा निरौला कसरी दिपाश्री भइन् ?
उनकी चेली दिपाश्री निरौला नेपाल टेलिभिजनबाट प्रसारित चर्चित हाँस्य टेलि सिरियल तितो सत्यमा खेल्छीन् । दिपाश्रीलाई उनले विराटनगरको बालमन्दिर विद्यालयमा डान्स सिकाएका रहेछन् । दिपाश्री सानै हुँदाखेरी उनले एउटा नाटकमा आफ्नी छोरीको रोल गरेको उनले सम्झिए । ‘विश्वगोपाल लम्सालको रशिक बुढो अन्यौलमा नामक नाटकमा दिपाले अभिनयका साथै डान्स पनि राम्रो गरेकी थिइन्’– झाले भने ।
दिपा सानो छँदा गरेको सिरीयल अग्नीपथ रहेछ । माधव सापकोटाको निर्देशन र शुशिल धनावत निर्माता रहेको उक्त सिरियलमा दिपाले अभिनयका साथै भोजपुरी भाषाको गीतमा डान्स र गरेकी थिइन् । ‘त्यो नृत्य इडिटिङको बेला उसको नृत्य साह्रै राम्रो लागेर मैले दिपालाई बोलाएर उसको नामसंग ‘श्री’ मैले नै थपिदिएको हुँ’– दिपा कसरी दिपाश्री भइन् त्यसको रहस्य खोल्दै भनले भने ‘त्यसपछि मात्र ऊ दिपाश्री भएकी हो ।’ दिपा अहिले पनि विराटनगर आएको बेला आफुलाई भेटेर ढोगेर मात्र जाने गरेको उनले बताए ।

दिपाश्रीको विवाह राजेश हमालसंग हुँदैछ !
दिपा निरौला कसरी दिपाश्री भइन् भन्ने पुरानो रहस्यका साथै दिपाश्रीका गुरु कामेश्वर झाले उनको जीवनको अर्को नयाँ कुराको रहस्य पनि थाहा पाएका रहेछन् । अहिले दिपाश्रीले राजेश हमालसंग विवाह गर्नेवाला छिन् भन्ने कुरा पनि उनले थाहा पाएका रहेछन् । ‘तर मलाई अचम्म लागिरहेको छ’–दिपाश्रीले राजेशसंग विवाह गर्ने कुरा थाहा पाएपछि उनी आश्चर्यमा परेका रहेछन् ‘राजेशले मसंग के भन्थ्यो भने हे दाइ नेपाली केटी मलाई मनै पर्दैन त्यसैले म नेपालीसंग विवाह गर्दिन भन्थ्यो । र उसंग जहिले पनि विदेशी केटी नै साथमा हुन्थी । अहिले सुन्दैछु दिपालाई विवाह गर्दैछ रे, मलाई लाग्छ यो विवाह भए पनि दीर्घकालिन हुदैन ।’
 

अन्य राष्ट्रिय कलाकारहरु पनि उनका चेला हुन् 
उनले डान्स सिकाएका मध्ये सागर साह यहीं विराटनगरमा डान्स सेन्टर चलाएर बसेका छन् । केशव रायमाझी पनि डान्सका विद्यार्थी नै हुन् । उनी अहिले यहीको मकालु टेलिभिजनबाट प्रसारित हास्य सिरियल माछो माछो भ्यागुतो को निर्देशन गरीरहेका छन् । उनी फिल्म निर्माता पनि हुन् । धिरेन शाक्य, मौशमी मल्ललाई पनि आफुले फिल्ममा डान्स सिकाएको झाको दावी छ । त्यस्तै अर्का राष्ट्रियस्तरका कलाकार शिव श्रेष्ठ । उनको बारेमा चाहीं एउटा रोचक कुरा रहेछ । शिव श्रेष्ठ सानै थिए जतिबेला कामेश्वर झा भानु मोरङमा डान्स सिकाउँथे । शिव श्रेष्ठ झ्यालमा उभिएर झाले डान्स सिकाएको हेरीरहन्थे रे । उनले त्यही झ्यालबाट हेरेको भरमा डान्स सिके रे । ‘उनी अहिले पनि भन्छन् मेरो गुरु तपाई नै हो । अनि म भन्छु कसरी तिमी मेरो चला हौ ?’– झाले भने ‘झ्यालबाट हेरेकै भरमा उनले डान्स सिकेको रे । अनि म जिस्क्याउँछु जसरी एकलव्यले दोर्णाचार्यको मूर्ति राखेर सिकेका थिए तिमी पनि एकलव्य हौ कि क्या हो ? मैले उनलाई सिकाएको त हैन तर जहिले पनि झ्यालमा उभिएर हेर्ने गर्थे ।’ 
अहिलेसम्म चार पाँच हजारलाई नृत्य सिकाईसकेका झालाई कतिपय आफ्ना चेला चेलीको नाम पनि सम्झना छैन रे । वि.सं. २०२३ सालदेखि निरन्तर कलाकारीतामा लागेका झाले लामो सुस्केरा हाल्दै भने –‘अब त धेरैलाई चिन्दीन पनि होला ।’
नेपाल कला विकास परिषद संस्थाका चर्चित नाटक निर्देशक उमाकान्त झाका छोरा कामेश्वरले २०२३ सालमा रिहल्सल सुरु गरेका रहेछन् । २०२४ सालमा भानु जयन्तीका अवसरमा उनले लगातार ३ घण्टा ७ मिनेट नाचेर रेकर्ड नै राखेका रहेछन् । त्यो रेकर्ड अहिलेसम्म कसैले पनि तोड्न नसकेको उनको दावी छ ।
कलाकरीताका सुरुवाती दिनको स्मरण गर्दै उनले भने –‘पहिले पहिले केटीले नाच्नै नहुने उनीहरुका आमाबाबुले घर बाहिर निस्कनै नदिने । बल्लबल्ल यस क्षेत्रमा केटीलाई ल्याए पनि कहीं डान्स प्रोग्राममा जानुपर्दा केटीका आमाबाबु सबैलाई लिएर जानुपथ्र्यो ।’ तर अहिले त्यस्तो कठिन नभएको उनको भनाई छ । 
कलाकारलाई देशको गहन भनिए पनि विडम्बना यो देशमा कलाकारलाई हेर्ने कोही नभएको उनको भनाई छ । ‘कलाकारलाई अहिले हातमुख जोर्ने समस्या छ’–झाले तीतो यथार्थ ओकले ‘विभिन्न राजनीतिक दलका नेताले आन्दोलनका बेला कलाकारको सहयोगमा जनसागर उराल्ने गर्छन् । तर ति नै नेताहरु सत्तामा पुगेपछि कलाकारको योगदानलाई बिर्सन्छन् ।’ सत्तामा पुगेका नेताहरुले पनि आफुहरुलाई विर्सिएकोमा उनको दुःखेसो रहेछ । नेताहरुले कलाकारलाई मनोरञ्जनको साधन मात्र बनाएको भन्दै उनले आक्रोश पोखे –‘युज एण्ड थ्रो  गर्छन्, गहनाको रुपमा कहिल्यै सम्झेनन् ।’
तेस्रो जनआन्दोलनमा कलाकारले पनि आफ्नो ठाउँबाट योगदान गरे पनि अब बन्ने संविधान कलाकारका मागलाई सम्बोधन हुने खालको आउने कुरामा उनलाई शंका रहेछ । ‘पहिलो कुरा त १४ गते संविधान बन्छ कि बन्दैन, त्यो नै मलाई शंका छ । यदि बनिहाल्यो भने पनि हामी कलाकारहरुलाई सम्बोधन हुने खालको हुदैन । हामी नारा ज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner