४० हजारमा बालिका: मानव अ‌ङ्गको अवैध कारोबार गर्नेको पर्दाफास

४० हजारमा बालिका: मानव अ‌ङ्गको अवैध कारोबार गर्नेको पर्दाफास

बालबालिकालाइ फकाएर भारत पुर्याएर तिनका मृगौला जस्ता संवेदनशिल अङ्गहरुको कारोबार गर्ने टोलीको पर्दा फास भएको मोरङ प्रहरीले जनाएको छ । मोरङ टंकिसिनवारी गाविस वडा नं २ बस्ने प्रधान थरकि एक बालिकालाइ फकाएर  लैजादै गरेको अवस्थामा सुनसरी दुहवी गाविसका दिपक झा पक्राउ परेपछी यस्तो गिरोहको पर्दाफास भएको प्रहरीले दावि गरेको हो ।
झाले गत असार १९ गते बालिकालाइ फकाएर बस चढाउन खोज्दै गर्दा स्थानीयवासीको सहयोगमा प्रहरीले झालाइ पक्राउ गरेको थियो । झाले प्रहरीसँगको बयानमा आफुले भारतको ललितग्राम बस्ने विनोद यादबमार्फत मानव अङ्गको कारोबार गर्ने गिरोहलाइ बालिका ४० हजार रुपैयामा जिम्मा लगाउन लागेको बताएका थिए । यस कार्यमा भारतको सुपल डोर्रा घर भइ दुहबीमा सानु स्वीटमा खाना बनाउने काम गर्ने २५ वर्षिय सरिता झा पनि संम्लग्न रहेको प्रहरीले जनाएको छ ।
दिपक र सरिता दुबैलाइ मानव बेचबिखन तथा ओसार पसारको मुद्दामा अदालतबाट म्याद थप गरि हिरासतमा राखेको समाचार आजको विराटपथ दैनिकले प्रथम पृष्ठमा छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्