‘विवाह र सेक्स मान्छेको जीवनमा नभई नहुने चीज हो’

‘विवाह र सेक्स मान्छेको जीवनमा नभई नहुने चीज हो’

सानो छँदा फिल्म नहेरेपनि सडक नाटक हेरेरै नाट्य क्षेत्रमा पाइला टेकेकी सीता न्यौपाने अहिले विराटनगरका कलाकारहरुको माझमा नवोदित कलाकारमा दरीन पुगेकी छिन् ।
वि.सं. २०४४ फागुनको सुख्खा मौसममा जन्मिएकी रसिली, हसिली सीताले आधा दशक भन्दा बढी नाट्य क्षेत्रको अनुभव संगालेकी छिन् । हाल विराटनगर ११ मधुमारा स्थायी घर भइ आरोहण गुरुकुल विराटनगरमा आबद्ध रहेकी उनले तीन दर्जन बढी सडक नाटक, दुई दर्जन जति नाटक, केही चलचित्र र टेलि सिरियलमा अभिनय गरेकी छिन् । कलाकारीता क्षेत्रमा आउनुको रहस्य खोल्दै उनले भनिन् –‘फिल्म त म खासै हेर्दिन थें । मेरो पुरानो घर रंगेली हो, त्यहाँ रंगेली युवा क्लबमा गाउँका दाइ दिदीहरुले सडक नाटक गरेको देख्दा म पनि यस्तो नाटक गर्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो ।’
स्टाफ नर्स पढेर समाज सेवामा लाग्ने ‘एम’ लिएर स्कुल लेभलको पढाई गरीरहेकी सीताले जीवनमा जे सोचेको थियो त्यो भएन र जे नसोचेको थियो त्यतातिर चाहीं ‘करिअर’ बनाइरहेकी छिन् । ‘तर म यसरी यही क्षेत्रमा लागेर निरन्तरता दिउँला भन्ने चाहीं लागेको थिएन’– उनले भनिन् ।
अभिनय सम्बन्धी खासै कोर्ष अहिलसम्म नगरे पनि भविष्यमा राम्रो कलाकार बन्ने उद्देश्य लिएर संघर्ष गरिरहेकी छिन् । यो क्षेत्रबाट बाँच्न सकिने अवस्था छैन भन्ने थाहा भएर पनि छोड्न भने नसकेको उनको भनाई छ । ‘कमाई चाहीं हुदैन, उही आफ्नो नामको लागि र रहर पुरा मात्र हुन्छ’– सीता भन्छिन् ‘यसैमा लागेर बाँच्छु भनेर नसोच्दा हुने रहेछ ।’ अब भविष्यमा यसैलाई नै निरन्तरता दिइराख्ने सोंच बनाए पनि जीवन चलाउनका लागि चाहीं अरु पनि केही गर्ने उनको योजना रहेछ ।  ।
अहिले उनी गुरुकुल बाहेक मकालु टेलिभिजनबाट प्रसारित हास्य टेलिश्रृंखला माछो माछो भ्यागुतोमा अभिनय गरीरहेकी छिन् । त्यस्तै यसअघि निर्माणाधिन चलचित्र स्नेहमा पनि अभिनय गरेकी थिइन् रे ।
नाटकबाटै कलाकारिताको यात्रा सुरु गरेकी सीतासंग आधा दशक लामो रंगमञ्चको अनुभव छ । नाटकमा स्वतन्त्र पूर्वक कथामा बगेर अभिनय गर्ने बानी परेकी उनलाई पहिलो पल्ट क्यामेरा अगाडि उभिदा डर लागेको थियो रे । लामो समय नाट्य क्षेत्रमा काम गरेकी उनलाई फिल्ममा अभिनय गर्दा केही फरक र अप्ठेरो महसुस गरेकी रहिछीन् । ‘नाटकमा आफ्नो जुन क्यारेक्टर हो त्यसैमा डुबेर अभिनय गर्दा एक किसीमको आनन्द आउँछ, तर जतिबेला क्यामेरा अगाडि जान्छौं गहिराइमा जानै नपाई कट भनिहाल्छ’– उनले भनिन् ‘फिल्ममा टेक लिइरहनु पर्ने, आफुले चाहे जस्तो अभिनय गर्न पनि नपाइने रहेछ ।’ नाटकमा चाहीं बगेर निरन्त बोल्नु पर्ने, फिल्ममा चाहीं गहिराइमा पुग्न नपाईकन बीचमै तोडिइरहने भएकोले अलि गाह्रो भएको उनले सुनाइन् । क्यामेरामा अभिनय गरेर फर्केपछि त्यसलाई यसरी बोलेको भए हुने रहेछ भन्ने लाग्छ रे उनलाई ।
समाज परिवर्तनका लागि कलाकारको महत्वपूर्ण भूमिका हुने उनको सोचाई छ । समाजले अपेक्षा गरे अनुसारको सन्देश मूलक कथामा आफ्नो कला प्रस्तुत गरेमा समाजमा केही मात्रामा सहयोग पुग्ने उनको तर्क छ ।
१९ वर्षको उमेरदेखि कलाकारीता क्षेत्रमा छिरेकी उनी अहीले २५औं वसन्त पार गरीसकेकी छिन् । अहिलेसम्म विवाह नगरी यही क्षेत्रमा करीअर बनाइरहेकी सीताले केही वर्षदेखि भने कसैलाई लाइफ पार्टनरको रुपमा चोइस गरी सकेको विना संकोच बताइन् । एक वर्षपछि विवाह गर्ने सोच बनाएकी उनले त्यो भाग्यमानी पुरुषको नाम भने खुलाउन चाहीनन् । उनले विवाह र सेक्सका बारेमा भने खुलेरै कुरा गरीन् । ‘विवाह र सेक्स मान्छेको जीवनमा नभई नहुने चीज हो जस्तो लाग्छ’– उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्