तिम्ल्याहा जन्मिए : बाबुआमालाइ हुर्काउने चिन्ता

तिम्ल्याहा जन्मिए : बाबुआमालाइ हुर्काउने चिन्ता

मोरङ डाइनियाकी एक महिलाले जन्माएका तिम्ल्याहा बच्चालाई नोबेल अस्पतालले निःशुल्क उपचार गरिदिने भएको छ ।
डाइनिया ९ की २६ वर्षिया कल्पनादेवी दासले मंगलबार जन्माएका तिम्ल्याहा छोराहरुलाई नोबेलले औषधी बाहेकका अन्य सबै उपचार सेवा निःशुल्क गर्ने भएको हो । जसमा २ वटा एक किलो र एउटा डेढ किलोग्रामका बच्चाहरुलाई उनले कोशी अञ्चल अस्पतालमा जन्म दिएकी हुन् । बच्चाहरुलाई एनआइसियू मा राख्नु पर्ने भएकोले कोसी अस्पतालमा उक्त बेड खाली नभएकाले नोबेलमा रेफर गरिएको थियो । पहिलो बच्चा रातको ९ः५० बजे, दोस्रो १ः१५ बजे र तेस्रो बच्चा १ः३० बजे जन्मिएको थियो ।
श्रीमान् दिलिप सामान्य मजदुरी गर्ने र यसअघि पनि २ वर्षको एक छोरा भइसकेकोले चार सन्तानलाई हुर्काउने चिन्ता बढेको कल्पनाले बताइन् । अस्पतालले उपचार खर्च नलिए पनि तिनीहरुलाई लालन पालन गर्ने आफ्नो आर्थिक अवस्था कमजोर भएकाले मुस्किल हुने उनले बताइन् ।
बच्चाहरुमा स्वासप्रस्वासमा समस्या भएकाले बचाउनका लागि नोबेलको सम्पूर्ण टिम लागेको अस्पतालका प्रसाशन प्रमुख नारायण दाहालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्