आहा ! विराटनगरको तिन स्थानमा ठुलो लागतमा फाउन्टेन पार्क बन्ने

आहा ! विराटनगरको तिन स्थानमा ठुलो लागतमा फाउन्टेन पार्क बन्ने

विराटनगरमा चक्रपथ बनाउने , धरानसम्मको सडक ६ लेनको बनाउने तथा दुइ तले बसपार्क पनि निर्माण गर्ने भनेर योजना बनाएको धेरै भयो । तर तिनको काम आधा अधुरा अनि कागजमै सिमित रहेको छ । यसै विच विराटनगर उपमहानगरपालिकाले धरान रोडको मुख्य भागमा पर्ने जनआन्दोलन चौक, जिल्ला प्रशासन चौक र सिमाक्षेत्रमा पर्ने रानीमा पानीको फोहोरा आउने फाउन्टेन पार्क निर्माण गर्ने कार्यको तयारी अन्तिम चरणमा पुगेको बताएको छ । यसैबारे आजको विराटपथ दैनिकले लेखेको समाचारमा जनआन्दोलन चौकमा बनाइने फाउन्टेन पार्क २० लाख रुपैयाको लागतमा अत्याधुनिक उपकरण जडान गरिएको हुनेछ । सो पार्क नेपाल बजार र उपमहानगरपालीकाको संयुक्त सहयोगमा निर्माण गरिने उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपालप्रसाद रेग्मीलाइ उदृत गर्दै पत्रीकाले लेखेको छ ।

यसै गरि जिल्ला प्रशासन चौकमा २० लाख रुपैयाकै लागतमा निर्माण गरिने अर्को फाउन्टेन पार्कमा उपमहानगरपालिका र रोटरी क्लबको सहयोग गर्नेछन् भने भन्सार क्षेत्रमा निर्माण गरिने बृहत अनि भव्य पुर्वाञ्चलकै नमुना पार्कको लगानी ८० लाख रुपैया हुने छ । यसको निर्माणमा उपमहानगरपालिका, पर्यटन बोर्ड, स्थानीय विकास मन्त्रालय र यति एयरलाइन्सले सहयोग प्रदान गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्