आटँ गर्नु पर्छ , सम्भव छ – सन्देश सुबेदी

आटँ गर्नु पर्छ , सम्भव छ – सन्देश सुबेदी

sandeshबि स २०५० साल चैत ७ गते पिता चन्द्र सुबेदी र आमा बिष्णु सुबेदी को कोख बाट बिराटनगर मा जन्मेका हुन सन्देश सुबेदी । सनै उमेर बाट गायन मा रुची राख्ने उनि अहिले नया एल्बम " जहाँ मन " लिएर बजार मा आएका छन । बिराटनगर मा गाउँ, स्कुल र देउसी भैलो मा मात्र गाउने गायक आज एउटा सम्भावना बोकेका गायक को रुप मा चिनिन थालेका छन । यसै बिषयमा आवर बिराटनगर डट कम का " बिबेक दाहाल " ले उनि सँग गरेको कुरकानी :
अहिले के गर्दै हुनुहुन्छ ?
अहिले म मेरो नँया गीत को लागि काम गर्दै छु । नँया बर्ष मा नँया गीत लिएर आउने छु ।
 एल्बम निकाल्ने रहर कहिले बाट आयो ?
रहर त कक्षा ८ पढ्दा बाट नै थियो तर २०६९ साल मा आएर पुरा भयो ।

 " जहाँ मन " एल्बम मा कस्ता गीत रहेका छन ?
यो एल्बम मा साबै किसिम का गीत समाबेश गरेको छु ।

परिबार बाट कस्तो साथ पाउनु भएको छ ?
एक दम धेरै साथ पाएको छु ।

बिराटनगरको युवा , कस्तो सघर्ष गर्नु पर्‍यो एल्बम निकाल्न ?
धेरै गरे, धेरै मान्छे छल्ने भेटे तर मलाई सघर्ष मै स्वर्गिय आनन्द प्राप्त हुन्छ ।

गीत गाएर मात्र बाच्न सकिन्छ ?
आँट गर्नु पर्छ सकिन्छ । गीत सुन्नेलाई खुशी पार्न सक्नु पर्छ ।

 गायन मा पैसा छैन भन्छन नि ?
त्यो त गीत पैसा कमाउन गाउने कि मन को शान्ती को लागि त्यस मा भर पर्छ ।

मनलाई शान्त पारेर मात्र खान पुग्छ त ?
हात खुट्टा अरु ठाउँमा पनि चलाउनु पर्छ खानको लागि ।

आन्त्य मा के भन्न चाहनु हुन्छ ?
सबै बाट साथ र माया को अपेक्षा राख्छु । मेरो गीत सुनी दिनु होला । नेपाली कलाकार लाई माया गर्नु होला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्