”देश खोज्दै जाँदा”

”देश खोज्दै जाँदा”

हेम गिरी,  मोरङ - नेपाल सरकार बोली देउ,,,, भारत सरकार बाटो देउ,,, र भुटान सरकार माटो देउ ,,,।शरणार्थी जीवन विताईरहेका भुटानीहरुको दु:ख र संघर्ष कथामा आधारित रहेर निर्माण गरिएको फिल्म ”देश खोज्दै जाँदा”को वास्तविकको उजागर गर्ने गीत हो यो ।

पूर्वी नेपालको झापा र मोरङको शरणार्थीको शिविरमा बिगत बर्ष अघिदेखि बस्दै आएका नेपालीभाषी भुटानीहरुको कष्टकर भोगाई अनि शिविरको बसाईलाई दमकका एक साहित्यdesh khojdai jadaकार तथा रङगकर्मीले पर्दामा जीवन्तता दिन खोजेका छन् ।

चार वर्ष लगाएर भर्खरै मात्र ठूलोपर्दाको चलचित्र अर्थात् शरणार्थीको बिषयमा आधारित कथा ‘देश खोज्दै जाँदा’ निर्माण गरेका छन् दमकका साहित्यकार तथा रङगकर्मी प्रकाश आङदेम्बेले । शिविरसग नजिकको सम्बन्ध रहेका आङदेम्बेले शरणार्थी सेरोफेरोमा फिल्म निर्माण गरेका हुन् ।

फिल्म बारे प्रश्न राख्दा आङदेम्बेले भने, ‘वास्तविक शरणार्थी शिविरको दैनिकीलाई फिल्म ”देश खोज्दै जाँदा" मा उतारेका छौं ।’ निर्देशक आङदेम्बेले भन्दै थिए, ‘यस फिल्मलाई ऐतिहासिकता, वास्तविकतामा उतार्न खोजेका छौं ।

भुटानी शरणार्थीहरुको शिविरको यथार्थता हो यो फिल्म । भुटानी शरणार्थीहरु बाक्लिदै गएपछि शिविरका शरणार्थीहरुसँग नजिकको सम्बन्ध जोडेका एक रङगकर्मी हुन् आङदेम्बे । शिविरमा बसेका र तेस्रो देश पुनर्वास भएका शरणार्थीहरुको सहयोगमा यस फिल्म बनाउन सफल भएको निर्देशक आङदेम्बेले वताएका छन् ।

एक महिना भित्रमा सुटिङ सिध्याएको सो फिल्ममा अहिले ४० लाख रूपैया बढि लगानी भइसकेको निर्माण पक्षले जनाएको छ । आगामी ६ महिना भित्रमा प्रदर्शन गरिने यस फिल्मले अहिलेका मूलधारका फिल्मभन्दा छुट्टै मौलिकता बोकेको छ । लाइन क्रस मूभिजको प्रस्तुती तथा गन्तव्य थिएटर नेपाल, इफका इन्टरनेशनल फाउण्डेशन भुटानको सहयोगमा निर्माण गरिएको सो चलचित्रको निर्माता विरेन्द्र क्षेत्री छन् ।

चलचित्रमा बाबु बोगटी, हेमन्त बुढाथोकी, अरुण् कार्की, सरिता ओली, मीना कोइराला, एलपी जोशी, केशव आचार्य, शिवशंकर थापा, धनकुटे कान्छा, रामकुमार चाम्लिङ, टंक विकल्प लगायत शिविर र शिविर बाहिरका कलाकारहरुको अभिनय छ ।

फिल्मलाई संजय लामाले खिचेका हुन् भने ”लेटर” फिल्मका निर्देशक साम्तेन भुटियाले निर्देशक आङदेम्बेलाई निर्देशनमा सहयोग गरेका छन् भने फिल्मको पटकथा तथा संवाद उपेन्द्र सुब्बाले तयार पारेका हुन् । १ घण्टा ४५ मिनेट लामो सो फिल्ममा गीत छैन ।

स्रोत: डिसिनेपाल डटकम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्