२५ सुन्दरीले विराटनगरमा आज देखाउदै फेशन

२५ सुन्दरीले विराटनगरमा आज देखाउदै फेशन

पूर्वमा रहेका रहेका मोडललाई व्यवसायिक बनाउने उद्देश्यले विराटनगरको फन्ड एण्ड फुड भिलेज रिर्सोटमा शनिबार आज एफटि भि फुल पार्टी तथा फेशन शो पाटीमा २५ सुन्दरी ¥याङमा उत्रिने भएका छन् ।

पूर्वाञ्चलकै पहिलो पटक हुन लागेको पुल पार्टी तथा फेसन सो को तयारी पुरा भएको प्लेट फर्म ९७७ ले शुक्रबार विराटनगरमा पत्रकार सम्मेलनको गरी जानकारी गराएको हो ।

फेशन शोमा पूर्वाञ्चलको विराटनगर र झापाको वित्तामोडमा भएको पहिलो अडिशनबाट छनौट भएका २५ जना पूर्वेली मोडलहरुले ¥यापमा उत्रिएर फेशन शो देखाउने प्लेट फर्मका व्यवस्थापक बुद्ध लामाले जानकारी दिनुभयो ।  उहाँका अनुसार फेशन शो मा व्यक्त्तित्व, क्षमता र दक्षताका आधारमा छनौट भएका कुशल मोडलहरुले ¥याकमा उतार्ने बताउनुभयो ।

फेशन शो मा पहिलो अडिसनबाट छनौट भएका मोडलहरुलाई विराटनगरमा बन्द परिक्षणमा राखे कयटवाट, बोल्न तथा ¥याङकमा कसरी हिड्नेबारेमा काठमाडैबाट आएका कोरीयोग्राफर नविता आर्चालयले गर्नुभएको छ ।  शनिबार हुने फेशन शो को डिजाइनिङ बरिष्ठ फेशन डिजाइनर संजिता श्रेष्ठनले गर्नुहुने भएको छ । कार्यक्रमलाई थप आकर्षण गर्नको लागी २०१० का पूर्व मिस नेपाल मल्लिका सुब्बाले सञ्चालन गर्नुहुने बताएको छ ।

पूर्वाञ्चलमा रहेका मोडलहरुको क्षमता अभिवृद्धी गर्ने उद्देश्यले प्लेट फर्म ९७७ ले पहिलो पटक आयोजना गरेको फेसन सो मा मोरङ, सुनसरी र झापाका भएको मोडल प्रतियोगितामा सहभागी भएका सुन्दरीहरु र्याङका उत्रिने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्