न्यौपानेको पुस्तक विमोचन

न्यौपानेको पुस्तक विमोचन

सञ्चारकर्मी तथा मानवअधिकारकर्मी दीपेन न्यौपाने लेखक रहेको विपन्नताविरुद्धको अभियाननामको पुस्तक पुस २८ गते विराटनगरमा विमोचन भएको छ । सो पुस्तकको नेपाल ग्रामीण विकास समाज केन्द्रको २० औं साधारणसभा उद्घाटनका अवसरमा संविधानसभाका सभाषद अमृत अर्यालले विमोचन गर्नुभयो । सत्तरी पृष्ठ लामो पुस्तकमा सुनसरी र मोरङ जिल्लाका विपन्न समुदायका महिलाहरुको सशक्तीकरणमा समाज केन्द्रले गरेको सचेतना मूलक कामको चर्चा गरिएको छ । सभासद अर्यालले पुस्तकले ग्रामीण क्षेत्रका विपन्न महिलाहरुको क्षमताअभिवृद्धि गर्न,आर्थिक , राजनीति र समाजिक क्षेत्रमा अग्रसर बन्न कत्तिको सहयोग पुगेको छ भन्ने विषयमा समाज विकास केन्द्रले पुस्तकले प्रस्ट पारेको बताउनृभयो । पुस्तकमा तराइवासी महिला समुदायले रुढीवादी अन्धविश्वास, घुम्टो प्रथा ,दाइजो, कथित बोक्सी प्रथाविरुद्ध कसरी लडेका छन् भन्ने विषयलाई उजागर गरेको समाज केन्द्रका अध्यक्ष मणिकुमार अज्र्यालले बताउनुभयो । पुस्तकमा ग्रामीण क्षेत्रका विपन्न महिलाहरुको अधिकार रक्षा र उनीहरुको उत्थानमाध्यानदिनुपर्ने कुरामा केन्द्रीत रहेको नेरुडे लघुवित्त विकास बैंकका अध्यक्ष धमलाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्