“गिरिस काकासँग गीत गाउने ठुलो धोको छ” । – गौरब खतिवडा

“गिरिस काकासँग गीत गाउने ठुलो धोको छ” ।  – गौरब खतिवडा

वि सं २०५१ कार्तिक ४ गते पिता मनोज खतिवडा र आमा सबित्री खतिवडाको कोखबाट जन्म लिएका हुन गौरब खतिवडाले । सानो उमेरबाट नै गीत गाउन सुरु गरेका गौरब आफ्नु प्रेरणाको श्रोत आफ्ना पिता मनोजलाई मान्छन। बुवा पनि संगीतमा रुची राख्ने भएको हुनाले गायनमा रुची भएका गौरब आफ्नै काका नेपाली चर्चित गायक गिरिस खतिवडालाई आफ्नो आदर्श मान्छन र बिशेष गरी उनकै गीत गाउन रुचाउछन पनि । गौरब अहिले बिराटनगरका आशा गरिएका गायक हुन। यसै बिषयमा आवर बिराटनगरका बिबेक  दाहालले उनीसँग गरेको कुराकानी :

# अहिले के मा बेस्त हुनुहुन्छ ?

- अहिले म मेरो नयाँ गीत " रङेलीको छोरो म, बिराटनगरको केटो " भन्ने गीतको लागि काम गर्दै छु । यो गीत गिरिश काकालाई समर्पित गर्दैछु .

# गीत गाउन सुरु गरेको चाँही कती भयो ?

- मैले गीत गाउन मेरो बाबाबाट सिकेको हुँ । वहाँ पनि राम्रो गीत गाउनु हुन्छ । सात कक्षामा पढ्दा बुवा कै अनुरोधमा गाउन सुरु गरेको हुँ ।

# अनि र्याप गीत मात्रै धेरै गाउनुको कारण नि ?

- म गिरिस खतिवडाको ठुलो फ्यान , त्यसैले वहाँको कारण मलाई यस प्रकारको संगीत मन पर्छ । अहिले युवाहरुले मन पराउने संगीत पनि यही हो ।

# अनि अहिले सम्म कती वटा गीत रेकोर्ड गराउनु भयो ?

- मैले अहिले सम्म ५-६ वटा गीत गराए र अरु पनि गराउने सोच मा छु । गिरिस काकासँग गीत गाउने ठुलो धोको छ ।

# एल्बम निकल्ने सोच छ कि छैन नि ?

अहिले त छैन किन भने अहिले एल्बम धेरैले किन्दैनन , अहिले प्रबिधीले हामी जस्ता गायकलाई सजिलो बनाएको छ । यु टुब र अरु सोसियल साइटहरुबाट हामी हाम्रो प्रतिभा देखाउन सजिलै सक्छौ ।

# स्टेजमा तपाईंको गाना सुन्न बिराटनगरका युवाहरु निकै रुचाउछन नि ?

- हो , मलाई स्टेज पेर्फमेन्श दिन एकदम रमाइलो लाग्छ । अहिले सम्म मैले ५०-६० वटा बिराटनगर र बाहिर गरी स्टेजमा गीत गाइसकेको छु ।

# गीत गाएर मात्रै बाच्न सकिन्छ र नेपालमा ?

- यदी लगन र इमानदारिताले काम गर्ने हो भने सकिन्छ जस्तो लाग्छ मलाई ।

# अन्त्यमा के भन्न चाहनु हुन्छ ?

- नेपाली संगीतलाई माया गरिदिनुस । आफु भित्र रहेको प्रतिभालाई त्यसै खेर नफल्नुस । मेरा गीतहरु सुनिदिएर मलाई माया गरिदिनुस ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्