गजल
शिशा जोड्न सकिदैन टुटे पछि॥
कस्को के लाग्छ र भाग्य फुटे पछि॥
तिमि कसैको हुनु मनि कसैको हुन्छु॥
प्रियशिले भनिन न्यानो साथ छुटे पछि॥
तिमि खोज्दै नआउनु राजा मलाई॥
रङ्गमञ्च सदाको लागि उठे पछि॥
दुख मात्र साथमा बाकि रह्यो॥
समयले सारा खुशि लुटे पछि॥
हिक्का छोडि रुदै छुटौ भनिन मायालुले॥
परिवारनै प्रतिपक्षमा बस्न जुटे पछि॥
सधै भरि आखा भरि आशु छ उन्को॥
बिछोडको अशिना पानिले चुटे पछि॥