मानिस निदाएको बेला पनि दिमागले काम गर्ने वैज्ञानिकहरुको दावी

मानिस निदाएको बेला पनि दिमागले काम गर्ने वैज्ञानिकहरुको दावी

बैज्ञानिकहरुले मस्त निन्द्रामा रहेको बेलामा पनि मानिसको दिमागले काम गरिरहने तथ्य पत्ता लगाएका छन् ।

वैज्ञानिकहरुले मानिस निदाएको बेलामा पनि उसको दिमागले कठिन भन्दा कठिन काम पनि गर्ने दावी गरेका छन् ।

बैज्ञानिकहरुले अध्ययनका क्रममा सहभागी मानिसलाई बिउँझिएको बेलामा जानकारी दिएका शब्दबारे मानिसले निदाएको बेलामा पनि सही प्रतिक्रिया दिएका थिए । क्याम्ब्रिज र पेरिसका वैज्ञानिहरुले मानिसको दिमाग सम्बन्धी अध्ययन गरेर यो तथ्य पत्ता लगाएका हुन् ।

अध्ययनमा संलग्न वैज्ञानिक सिड कोइडरले निदाएको मानिसको दिमागले आफूहरुले सोचेको भन्दा पनि धेरै राम्रो काम गर्ने गरेको पाईएको जानकारी दिनुभयो । यस बारेमा उनीहरुले विज्ञान सम्बन्धीको पत्रिका करेन्ट बायोलोजीमा एउटा लेख नै छापेका छन् । यो अध्ययनपछि अब वैज्ञानिकहरुले निदाएको मानिसलाई उपयोग गरेर पनि काम लिन सकिने बारेमा अध्ययन अघि बढाउने बताएका छन् ।

- एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्