ऋतु – शर्मिला अधिकारी

ऋतु  – शर्मिला अधिकारी

sharmila adhikari

 

उत्तरमा वसन्त राजा भई राज्यमा

सुन्दरता,हरियाली,योवन दिन्छ

परिपरिका फुल्फुलाई सुगन्ध फ़ैलाउछ

आफ्नै तालमा सवलाई नचाई सबैलाई नवजीवन दिन्छ

भने दक्षिनमा शरद् राजा भै राज्यमा

लटरम्म फलफलाई सबैको प्यारो बन्दछ!

सबै मख्ख संग मुख मिठ्यैकन मस्त

मुखारबाट मिठो मिष्ठान्न जस्तो गुण गाउदछन

खुसि भैकन यसरि उत्तरमा शरद् आइ

मिठा मिठा फल दिन्छ,

दक्षिन मा वसन्त गइ नवयोवन दिन्छ!

यी दुइ एका-अर्काका पुरक एक बिना अर्को

छैन वसन्तले फुलाएको शरदले फ़लाउछ,

वसन्तमा रहेको गर्भ शरद्मा जन्मन्छ!!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्