प्रोफेसर – अर्जुन ढुङ्गाना

प्रोफेसर   – अर्जुन ढुङ्गाना

arjun ji

हिमालझै अटल शिर ,

सुर्यझै चम्किला आंखाहरु,

सेतो गुरांसझैं  ढकमक्क  फुलेका दारि,

नागबेली बिर्साउने गलबन्दि,

शरिरसगै सपक्क टांसिएर रमाइरहेको झोला

 

म सम्झिरहेंछु

प्रोफेसर को

छायांमा - लाखौ विद्यार्थीको मुहार चम्कन्थ्यो , भाग्य फक्रन्थ्यो

आखांमा -सम्पूर्ण सृस्टिको रहस्य झल्कन्थ्यो,

बोलिमा -ज्ञानको मधुर मोहनी पाइन्थ्यो,

हातले   अक्षरका    पहाडहरु  उभ्याइरहन्थे

 

ए,  क्षितिज !

जबाफ दे-

यतीबिघ्न अक्षरका पहाडहरु सजाएर,

यि नजरबाट

कता  हराएका छन - प्रोफेसर ?

यि फांटिला मस्तिस्कहरुमा

हरपल अक्षरका पालुवाहरु उब्जाइरहने,

कर्मबिर -कहाँ,  के गर्दैछन ?

 

 

बर्तमान  हरेक प्रहरहरुमा

उनले उभ्याएका दर्जनौ चुचुराबाट

हामफालिरहेछन

हजारौं अक्षरहरु आकशभित्र

चम्किरहेछन ताराहरु,

उडिरहेछन चराहरु

इन्द्रेणी सजिएर हृदयभित्र – भरिरहेछ स्नेहको  रङ,

बगिरहेछन   प्रेम उमार्दै

चुचुरोबाटै प्रेमिल अक्षरका नदिहरु

 

प्रोफेसरको एक फुकाइको सितलताले

लाडिएर  उफ्रन्थे हत्केलाका सितहरु

र निदारमा घाम   मुस्कुराउथ्यो

 

तर  आजभोलि ,

किन देखिदैनन प्रोफेसर ?

किन भेटिदैन,चारै दिशा मगमगाउने ज्ञानको सुगन्ध ?

ए, अक्षरहरु  !

कतै तिम्रो पहाड

प्रोफेसरलाई कुल्चिएर उभिएको त छैन?

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्