बिराटनगर कि चेली मनीषा पोखरेल बलिउडमा

बिराटनगर कि चेली मनीषा पोखरेल बलिउडमा

manisha

बिराटनगर घर भएकी मनिषा पोखरेल नेपाली संगीत क्षेत्रमा छोटो समयमा नै धेरै नाम बनाउन सफल भएकी नेपालकी अहिलेकी चर्चित तथा ब्यस्त गायिका मनिषा पोखरेलले फेरी नया हिन्दि चलचित्रमा गीत गाउने भएकी छिन् ।केहि समय अघि हिन्दि चलचित्र “तेरे इश्क में”, “घुन्घट” लगायतका चलचित्रमा आफ्नो स्वर दिएकी मनिषाले बलिउडका चर्चित संगीतकार राज सेनको संगीत रहने नया चलचित्रको गीत गाउने भएकी छिन् । गायिका मनिषा पोखरेलले नेपाली र हिन्दि फिल्ममा मात्रै हैन करिब एक दर्जन भोजपुरी,राजस्थानी , पन्जाबी लगायतका विभिन्न भाषामा समेत गीत गएकी छिन् ।नेपाली चलचित्रमा अहिले मनीषाको स्वरको एकदमै माग भई रहेको बेला अब मनीषाको माग बलिउड पनि बढ्न थालेको छ ।
मनिषाले आवाज दिएको चलचित्रहरु हिम्मतवाली ,हमेश ,मुटु रावण ,दमदार ,अझै पनि , लगायतका चलचित्रका गीतहरुले बजारमा राम्रै चर्चा मात्रै पुन सकेन कि दर्शक तथा स्रोतको मनमा बस्न पनि सफल भयो। दुई दर्जन भन्दा बडी चलचित्रमा आफ्नो स्वर दिएको मनीषाको आवाजमा सजिएको चलचित्र हिम्मतवालीको गीत संगीतले अहिले बजार तताएको छ । बिराटनगरबाट नेपाल मै राष्ट्रिय स्तरमा सफल भएका धेरै गायककारमा मनिषाले छुटै नाम बनाउन सफल हुँदैछिन आवर बिराटनगर डट नेटको तर्फबाट मनिषालाई शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्