देश टुक्र्याउन खोजेको आरोपमा चिनियाँ प्राध्यापकलाई जन्मकैँद

देश टुक्र्याउन खोजेको आरोपमा चिनियाँ प्राध्यापकलाई जन्मकैँद

एकजना चिनियाँ प्राध्यापकलाई देश टुक्र्याउन खोजेको आरोपमा जन्मकैँदको फैसला सुनाइएको छ ।
चीनको एक अल्पसङ्ख्यक जाती उइगुरको पक्षमा लागेको र जसका कारण चीनमा पृथकतावादको पक्षपोषण गरेको भन्दै उनलाई जेल सजाय सुनाइएको हो । उनका वकिलले यस सजायका कारण चीनको सिन्जियाङ् प्रान्तमा थप विद्रोह हुनसक्ने बताएका छन् ।
उक्त प्रान्तमा उक्त अल्पसङ्ख्यक जातीले जारी राखेको आन्दोलनलाई चिनियाँ अधिकारीहरुले विद्रोहको संज्ञा दिँदै उनीहरुले देशमा पृथकतावादीको वकालत गरेको बताउँदै आएका छन् ।
चिनियाँ विश्वविद्यायलका प्राध्यापक इल्हाम तोतीलाई चिनियाँ अदालतले जन्मकैंदको फैसला सुनाएको हो ।सिन्जियाङको क्यापिटल अदालतले दिएको सो सजायका विरुद्ध उनले अपिल गर्ने पनि प्राध्यापकका वकिलले जनाएका छन् ।
प्राध्यापक इल्हाम चीनको वर्तमान राज्यसत्ताको नीतिका पनि आलोचक मानिन्छन् । उनले विगतमा पनि चीनमा मानवअधिकारको कुरा उठाउँदै आएका छन् ।
त्यसैले उनलाई विगत लामो समयदेखि नै सरकारले निगरानी गर्दैआएको थियो । यसैहप्ता उनलाई सो फैसला सुनाइएको बताइएको छ ।
यसअघि पनि गतहप्ता नै चीन सरकारले त्यहाँका एकजना लेखक र अधिकारवादीलाई पक्राउ गरेको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्