अमेरिकामा बालबालिकालाई अर्को ठाउँ पठाउन पार्सल सेवाको भर

अमेरिकामा बालबालिकालाई अर्को ठाउँ पठाउन पार्सल सेवाको भर

एजेन्सी

अमेरिकामा कुनै वेला यस्तो समय थियो, जहाँ स–साना बालबालिकालाई पार्सल सेवामार्फत टाढा पठाइन्थ्यो । सन् १९१० को दशकताका यस्तो अनौठो अभ्यास हुने गथ्र्यो । त्यतिवेला बालबालिकासँग यात्रा गर्नु अति कठिन हुने र यसका लागि चर्को शुल्क तिर्नुपर्ने भएकाले बालबालिकालाई पठाउन पार्सल सेवामाथि निर्भर रहने गरिन्थ्यो ।

अमेरिकी पार्सल पोस्ट सर्भिसले १ जनवरी १९१३ मा पार्सलसम्बन्धी नियमावली बनाएको थियो, जसमा पार्सलको वजन २२ किलोभन्दा बढी हुनुहुँदैनथ्यो । यो सेवाअन्तर्गत बालबालिकाको ढुवानीसमेत गर्न सकिन्थ्यो । सन् १९१४ को फेब्रुअरीमा चार वर्षकी मेय पिअर्सटार्फलाई उनका बाबुआमाले ग्रैन्जविले सहरबाट हजुरबा–हजुरआमा बस्ने लेविस्टन सहरमा पार्सल सेवामार्फत पठाएका थिए ।

ट्रेनमा पठाउनुभन्दा पार्सल सेवाबाट पठाउनु सस्तो भएकाले मेयलाई यसरी पठाइएको थियो । उनको ज्याकेटमा ५३ सेन्टको टिकट पार्सलको चाङसँगै ट्रेनमा राखेर पठाइएको थियो । यससम्बन्धी समाचार प्रकाशित भएपछि पार्सल सेवाका मुख्य अधिकारीले पार्सलमार्फत बच्चा पठाउन प्रतिबन्ध लगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्