उमङ र उत्साहको चाड हाम्रो – अभिषेक भट्टराई

उमङ र उत्साहको चाड हाम्रो  – अभिषेक भट्टराई

 

उमङ र उत्साहको चाड हाम्रो ।
रातो टीका अनि जमरा कति राम्रो।।

टाढा टाढाका आफन्त पनि घर आउने ।
चारै तिर हरियाली देखि सबै रमाउंने ।।

गाउँको चौरमा लिङे पिङ बनौला ।
साथी भाइ सबै मिलि चङ्गा ले आकास रङौला ।।

आफन्त जन सबै को मा जाउला ।
रातो टीका जमरा संगै अशिस थापौला ।।

आउ हामी सबै मिलि दशै  मनाउन ।
नयाँ लुगा लगै छम छ्मी नचौन्न ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्