किन होला
प्रेमिका झैं मलाई
माया गर्छ मच्छरले
गला, गाला या ओठमा टोक्छ
ओछ्यान मैं आउँछ र कानमा
एकतमास गीत गाइरहन्छ
प्रेमपूर्वक गीत सुनाइरहन्छ रातभरि
हे प्रिय ! म तिमीलाई कत्ति माया गर्छु
यसरी सपनामा होस् या विपनामा
म आजकल अनायास कन्याइरहन्छु
आफूलाई घरिधरि
आहा ! ...
यो कन्याउनुको मज्जा !
अनि यो भन्दा पनि
प्याट्ट पार्नुको मज्जा
आफ्नै मायालुलाई ....!