महिलाले बनाए नेपाली पेन्सिल

महिलाले बनाए नेपाली पेन्सिल

आजको नागरिक दैनिक लेख्छ तीन वर्षसम्म सुधा बस्नेत महिलाका विषयमा लेख लेख्थिन्, महिलाको काम, सामाजिकआर्थिक अवस्था, आय आर्जन, शिक्षा, सीपमुलक तालिम जोडेर । तर, उनले जुन वर्गलाई लक्षित गरिन्, लेखको सन्देश उक्त समूहसम्म पुगेजस्तो लागेन । अनि ठहर गरिन्, ‘लेखभन्दा प्रभावकारी माध्याम सीपमुलक तालिम नै हुन सक्छ ।’

काठमाडौ, महाराजगञ्जकी बस्नेतले केही गर्न खोज्ने महिला जम्मा गरिन् र उनीहरुलाई आफ्नो आइडिया बताइन्, सीपमुलक काम मार्फत रोजगारीको अवसर सिर्जना गर्ने ।’ अन्य महिलाले पनि हातमा हात मिलाए । बस्नेतकै प्रयासमा १५ महिलाको समूह बन्यो । नाम जुर्यो, ‘विमन्स ड्रिम मल्टी सर्भिस प्रालि’ । यो समूहकी अध्यक्ष उनै बस्नेत हुन् ।

‘महिलालाई सीप सिकाउन हामीले यो समूह बनाएका हौं,’ उनी भन्छिन्, ‘१५ जना महिलाको लगानीमा ब्यवसाय सुरु गरेका हौं । अनि छोटो समयमै उनीहरुले ब्यवसायमा सफलता पनि पाइरहेका छन् । उनीहरुको सफलता भनेको नेपालमै पेन्सिल उत्पादन गर्नु हो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्