गायक सुमित खड्काको एकल स्वर र संगीत रहेको एल्बम आज विराटनगरमा विमोचन

गायक सुमित खड्काको एकल स्वर र संगीत रहेको एल्बम आज विराटनगरमा विमोचन

गायक सुमित खड्काको एकल स्वर र संगीत रहेको एल्बम शुभकामनाको आज विराटनगरमा विमोचन गरिएको छ ।पूर्वाञ्चल प्रहरी प्रमुख नवराज सिलवाल, समाजसेवी दिनबन्दु गोयल, साहित्यकार नवराज सुब्बा, उद्योगी महेश जाजु लगायतले शुभकामना एल्बमको संयुक्त रुपमा विमोचन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै पूर्वाञ्चल प्रहरी प्रमुख नवराज सिलवालले अहिले पनि साहित्य र संगीतमा लागेर बा“च्न नसक्ने अवस्था रहेकोले सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा एल्वममा समावेश गितका गीतकार नवराज सुब्बा, शंकर खरेल र सुनिता घिमिरेलाई सम्मान गरिएको थियो । एल्बमको टिप्पणी गर्दै गीतकार शंकर खरेलले दशै, तिहार, होली र हरितालिका तीजका गीत समेटिएको एल्बम उत्कृष्ट रहेको बताउनु भयो । कार्यक्रममा समाजसेवी दीनबन्दु गोयल, वाणी प्रकाशनका अध्यक्ष खेम नेपाली, नेकपा एमाले मोरङका अध्यक्ष महेश रेग्मी, मोरङ व्यापार संघका महासचिव प्रकाश मुन्दडा लगायतले शुभकामना दिनुभएको थियो । यस्तै कार्यक्रममा शुभकामना एल्बमको गीत गाएर गायक सुमित खड्काले मनोरञ्जन प्रदान गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्