आफूलाई मरेको देख्न चाहनेहरुलाई बाँच्न सिकाउँछन् ब्राजिलको मान्टे

आफूलाई मरेको देख्न चाहनेहरुलाई बाँच्न सिकाउँछन् ब्राजिलको मान्टे

oliveira-vieira-3aus

डेली मेलका अनुसार ब्राजिलको मान्टे कार्लोमा एउटा बच्चा जन्मिएको थियो । जसको शीर र पूरा शरीर विचित्रको थियो । उसको पुरै शरीर मोडिएको थियो । र, टाउको उल्टो थियो । सामान्यतः मानिसको गलामाथि अनुहार र फेरि त्यसमाथि टाउकोको बनावट हुने गर्दछ । तर, यो व्यक्तिको रुपै भिन्न थियो ।, जस्तो कि तपाई तस्वीरमा देखिरहनु भएको छ। यो व्यक्तिको नाम क्लाडियो भियरा डी अलिभेरा हो । अहिले उनी ३७ वर्षको भएका छन् । जब क्लाडियोको जन्म भयो तब उनलाई स्वास लिन गाह्रो भएको थियो । उल्टो टाउकोका साथ सुत्न र स्वास लिन नपाएका कारण कयौ मानिस र चिकित्सकले समेत भोकै राखेर भए पनि मार्न सुझाव दिए । तर, यो सबै कुराका बावजुद क्लाडियोलाई आमाले हुर्काइन् । उनलाई व्हीलचेयरमा बस्न पनि समस्या हुन्थ्यो । तैपनि उनकी आमाले उनलाई विद्यालय लैजान भनिन् । तपाईले पत्याउनु हुने छैन, विगतमा जसले क्लाडियो जतिसुकै बेला मर्ने कुरा गर्थे अहिले उनी पढाईमा निकै अब्बल निस्किए । उनले स्कुलमा त के युनिभर्सिटी लेबलसम्म आफ्नो उत्कृष्ट सावित गरे । अन्ततः उनी एकाउन्टेन्ट पनि बने । उनको यही सफलताको कथा सुनेर धेरै प्रभावित हुने गरेका छन् । अहिले क्लाडियो एउटा संस्थामा एकाउन्टेन्टका साथसाथै मोटिभेशनल स्पीकर बनेका छन् । जीवनप्रति उनको उत्साह र सकारात्मक सोच देखेर मानिसहरु दंग पर्छन् । क्लाडियो सबैको जीवनको नयाँ जोश उत्पन्न गराउँछन् । उनका कयौ साथी र निकट मित्र छन् । उनी सबैका प्यारा छन् । उनकी आमाका अनुसार उनले सानैदेखि क्लाडियोला ई आफ्नो अन्य बच्चासरह नै हेरिन् । उनलाई जीवन बाँच्ने पूर्ण स्वतन्त्रता दिइन् । र, स्वयमलाई व्यक्त गर्न पनि दिइन् । त्यसैले आफ्नो बारेमा क्लाडियो भन्छन्–म आर्थेग्रिपोसिस पीडित हुँ । यो रोगमा सानैबाट डिफरमेशन हुन्छ । यो रोगका अनेक कारण हुन सक्छ । जस्तो कि आमाको युट्रसमा ढी स्थान नहुनु, आमा लामो समय विरामी पर्नु, रक्तस्रावको समस्या आदि । यो रोगका कारण जोड्नीहरु ठीकसँग बढ्न सक्दैनन् । र, जता पायो त्यतै बढ्ने समस्या पनि रहन्छ । जसबाट शरीरमा यस्तो कर्भ बन्न पुग्दछ । जसको शरीरमा विचित्रका समस्या देखिन्छन् । अहिलेसम्म ३००० बच्चामध्ये एकमा यसप्रकारको रोग देखा परेको बताइन्छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्