किन आउँदैछन् आमिर खान भैरहवा ?

किन आउँदैछन् आमिर खान भैरहवा ?

मंगलबार नेपाल भ्रमणमा आएका चर्चित भारतीय अभिनेता आमिर खान भैरहवा आउने भएका छन् ।  उच्च स्रोतका अनुसार उनी भोलि बुधबार भैरहवा आउन लागेका हुन् ।
युनिसेफका सद्भावना दुत रहेका उनी युनिसेफले संचालन गरेको पोषणसम्बन्धी कार्यक्रममा सहभागी हुन भैरहवा आउन लागेको स्रोतको भनाई छ । यद्यपी स्थानीय प्रशासनले यसबारे कुनै औपचारिक जानकारी दिन चाहेको छैन ।
स्रोतका अनुसार आमिर भोलि विहान यति एयरको चार्टड जहाजबाट भैरहवा आउने छन् । लगत्तै उनी कपिलवस्तुको कपडी हेल्थ पोष्टमा आयोजित तथ्यांक प्रस्तुतिकरण कार्यक्रममा उनी सहभागी बन्नेछन् ।
उनले पकडी ६ सेमरउटीमा आमा समूह र महिला स्वयंसेविकाको कुपोषित बालबालिकाको उपचार गर्ने तरिका र विधी अवलोकन गर्ने बताइएको छ । उनी त्यहाँ विहान १० देखि झण्डै २ घण्टा कार्यक्रममा सहभागी हुने बुझिएको छ ।
आमिरको कार्यक्रममा संचारकर्मीलाई प्रबेश नदिन युनिसेफका पदाधिकारीले जिल्ला स्थित सुरक्षा अधिकारीलाई आग्रह गरेको र सोहि अनुसार उनको आगमन गोप्य राखिएको स्रोतको दाबी छ ।
दुई दिने भ्रमणको लागि उनी जेट एयरवेजको विमानबाट मंगलबार अपरान्ह त्रिभुवन बिमानस्थल ओर्लिएका उनले आफूसँगै ६ जना सुरक्षागार्ड पनि ल्याएका छन् ।
आमिर अहिले काठमाडौं स्थित द्वारिकाज होटलमा बसेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्