Touch phone अनि प्रेम – बबिन खनाल

Touch phone अनि प्रेम – बबिन खनाल

images (5)"

सुचना र प्रविधिको यस संसारमा मानिसलाई फुर्सदै कहाँ छ र ? हर एकको हातमा Touch phone पुगी सक्यो तर कोही कसैको Touch मा छैन अहिले ।आज माया अनि प्रेम आत्मियता र सम्बन्ध बजारको आलु भन्दा सस्तो , केटाकेटीको खेल जस्तो कैडिको भाउ बजारमा बिक्छ यहाँ । मोबाइलको chatting मा सिमित राखेर ती तीन शब्दले परिभाषित गर्छ यो दुनियाँ मायालाई , प्रेमलाई , नातालाई अनि सम्बन्धलाई । यी त सिर्फ I love you अनि I miss you रे......।

अनि हामी यिनै तीन शब्दले जोडिएको माया र सम्बन्धका निम्ति भौतारी रहन्छौँ , रोई रहन्छौँ , बस् भिख मागी रहन्छौँ । तर हामी सोच्दौनौँ यो सम्बन्ध कति कमलो छ , कति कमजोर छ अनि कति निरअर्थक छ । जुन माया , माया भन्नको लायक छैन ; जुन सम्बन्ध , सम्बन्ध भन्नको लायक छैन त्यसकै लागि दिनरात रोइरहनु कहाँ सम्मको होसियारी हो अनि कहाँ सम्मको बुद्धिमत्ता हो ?
म कुनै निबन्ध लेखिरहेको छैन न कथा न कुनै उपन्यास , म त केबल माया र प्रेम अनि नाता र सम्बन्धको सहि अर्थ के हो बुझाउन खोजिरहेछु ।जाउ सोध आफ्ना आमालाई , बुबालाई , दाइ दिदी भाइ अनि बहिनीलाई...... जो हिजो तिमी हाँस्दा नि उत्तिकै प्रेम गरिरहेथे आज तिमी रुदानी उत्तिकै प्रेम गरिरहेछन्........जो सँग हिजो खुसी हुदा नि सम्बन्ध उत्तिकै प्रगाड थियो आज रिसाउदा नि त्यत्तिकै प्रगाढ छ । उनीहरू माया र प्रेमको अर्थलाई I love you जस्तो सानो अंशमा सिमित राख्ने छैनन् , नाता र सम्बन्धलाई I miss you मा संकुचित गर्ने छैनन् । किनकि जाउ ऐना अगाडि र आफैसँग प्रश्न गर एउटै उत्तर पाउने छौ "" माया र प्रेमको कुनै परिभाषा हुदैन अनि नाता र सम्बन्धको कुनै सिमाना हुदैन ।""

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्