किन राखियो त आँधीको नाम हुदहुद ?

किन राखियो त आँधीको नाम हुदहुद ?

 

वास्तवमा हुदहुद इजरेलको राष्ट्रिय पंक्षी हो । सन् २००८ मा एक लाख ५५ हजार मानिसबीच गरिएको एक सर्वेक्षणपछि इजरेलका तत्कालीन राष्ट्रपति शिमोन पेरेजले देशको ६०औं वार्षिकउत्सवको अवसरमा यसलाई राष्ट्रिय पंक्षी घोषणा गरेका थिए ।

यो पंक्षी यहुदी र मुस्लीम समुदायका पैगम्बर हजरत सुलेमानको दूतका रुपमा काम गर्ने मान्यता समेत रहेको छ । हुदहुदीलाई हावा, पानी, माछा, पशुपंक्षीका रुपमा कुरानमा समेत वर्णन गरिएको छ ।

सुलेमान बाजमा सवार रहँदा घामले पोलेको बेला हुदुहुदको बथानले आफ्नो पंख फैलाएर उनलाई घामबाट बचाएको कथन छ । त्यति मात्र होइन, सुलेमान बाहेक यमनकी महारानी मलिका बिलकीसले दैनिक सूर्यको पूजा गर्ने गरेको खबर पनि हुदहुदले नै सार्वजनिक गरी दूतको रुपमा काम गरेको बताइन्छ ।
हुदहुदको कामप्रति प्रसन्न रहँदै सुलेमानले हुदहुदका राजा पंक्षीलाई वरदान माग्न लगाउँदा सुनको शीरको प्वाँखको माग गरेको र उनको माग पनि पूरा भएको किम्वदन्ती रहेको छ । तर, शीरको प्वाँखकै लागि हुदहुदको शिकार हुन थालेपछि सुलेमानले प्वाँखको स्वरुप बिगारेको किम्बन्दती पनि छ ।

सबैलाई छत्रछायाँ दिने यो पंक्षीको नामबाट आँधीको नामाकरण गरियो । यसको एउटै कारण हो, आँधी हुदहुदको प्वाँख झैं फैलियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्