३२ औं सन्तानका बाबु भन्छन्- ५० पुर्‍याउने इच्छा छ

३२ औं सन्तानका बाबु भन्छन्- ५० पुर्‍याउने इच्छा छ

santanटर्कीमा एक व्यक्ति हालै मात्र ३२ औं सन्तानका बाबु बनेका छन् । तर, उनको इच्छा छ, कम्तीमा ५० बच्चा जन्माउने । टर्कीमा बहुविवाह गैरकानुनी छ । तर, हालित तकीनले सन् १९८२ मा पहिलो पटक आधिकारिक बिहे गरेपछि तीन श्रीमती भित्र्याइसकेका छन् । ५४ वर्षका तकीन टर्कीको दक्षिणी प्रान्त हतायमा बस्छन् । उनको पहिलो पत्नीले हालै छोरा जन्माएकी छन् र उनको नाम अहमत राखिएको छ ।
उनी भन्छन्, ‘आज मेरो ३२ औं बच्चा भएको छ र उनीहरुमा १२ छोरा छन् । उनीहरु सबैलाई माया गर्छु । यदि स्वास्थ्यले साथ दियो र भगवानले दिए भने म यसलाई ५० पुर्याउन चाहन्छु ।’
हुर्रियत डेली न्यूजका अनुसार उनका सबै पत्नी अलग-अलग बस्छन् । उनी भन्छन्, ‘हामी परिवार करिव ६० जनाको छ, त्यसैले एकै घरमा बस्न सम्भव छैन ।’

Halit-Tekinतीनवटी श्रीमती भए पनि उनीहरु कहिल्यै झगडा नगरेको र परिवार मिलेर बसेको उनी बताउँछन् । तकिनका पाँचवटा छोराले बिबाह गरिसकेका छन र १८ नातिनातिनाका हजुरबा पनि भइसके उनी । आफ्नो परिवारका सवै सदस्यको नाम आफुले सम्झिने गरेको सवैको उत्तिकै माया लाग्ने उनले बताए ।
ठूलो परिवार रमाइलो भए पनि पाल्न भने निकै संकट पर्ने गरेको उनको अनुभव छ । जाडोका बेला जिल्लाबाट कोइला सहयोग पाउने आशमा छन उनी । २०१३ मा टर्कीको संसदको तर्फबाट गरिएको एक अध्ययनमा बहुविवाह गैरकानुनी भएपनि तीन लाख ७२ हजारले एकभन्दा बढी बिहे गरेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्