तिमीले मलाई हाँस्दै रुवायौ (गजल ) – शर्मिला पोखरेल अधिकारी

तिमीले मलाई हाँस्दै रुवायौ (गजल ) – शर्मिला पोखरेल अधिकारी

तिमीले मलाई हाँस्दै रुवायौ
खुसीमा मजाले नाँच्दै रुवायौ ॥

दुई हात तिम्रो माथी उठाई
नजानी तिमीले छाम्दै रुवायौ ॥

मलाई तिमीले भागेर आफै
सुटुक्कै मुटुमा टेक्दै रुवायौ ।।

हिजोको कुरालाई सम्झेर आफै
मलाई कसोरी भुल्दै रुवायौ ।।

तिम्रो ज्यान जोगाएको सट्टामा
जिउँदै मलाई मार्दै रुवायौ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्