विश्व प्रसिद्ध गढीमाईको मेला आजदेखि सुरु

विश्व प्रसिद्ध गढीमाईको मेला आजदेखि सुरु

बाराको बरियारपुरमा हरेक ५ वर्षमा लाग्दै आएको विश्व प्रसिद्ध गढीमाईको मेला आजदेखि सुरु भएको छ । विश्वमै सबैभन्दा बढि पशुपंक्षीको बलि चढाइने मेलाका रुपमा चिनिएको गढीमाई मेला मंसिर महिनाभर चल्नेछ । पशुबलीकै कारण विश्वप्रसिद्ध यो मेलामा सहभागी हुन देश तथा विदेशबाट भक्तजनहरु बारा पुग्न थालेका छन् । मेला एक महिनासम्म चल्दछ । मेलाका लागि बरियारपुरको मन्दिर आसपासका खेतमा तिर्थालुहरु बस्न टहरा बनाइएका छन् ।
हजारौं पशुको बली दिइने यो मेलामा पशुबली रोक्न पशु अधिकारकर्मीहरु र विभिन्न क्षेत्रबाट आवाज उठेपनि रोकिएको छैन । यस बर्ष पनि बलि प्रथा भने जारी रहने समितिले जनाएको छ ।
आजदेखि शुरु यो मेलामा मंसिर ११ गते पञ्चबली दिएर बली चढाउन शुरु गरिने मेला व्यवस्थापन समितिले जनाएको छ । मेलाको मुख्य बलि मंसिर १२ र १३ गते परेको छ । मंसिर १२ गते राँगा र १३ गते बोका, सेतो मुसा, हाँस, परेवा लगायतको बलि चढाइने गढीमाइ मन्दिर सन्चालन तथा विकास समितिका अध्यक्ष रामचन्द्र साहले बताउनुभयो ।
स्थानीय प्रशासनले मेला अवधिभर बरियापुरमा मदिरा र मासु बिक्रि तथा प्रयोगमा निषेध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्