‘भ्वाइस अफ खोटाङ’ हुने

<span class='c1'>‘भ्वाइस अफ</span> <span class='c2'>खोटाङ’ हुने</span>

खोटाङमा गायन प्रतियोगिता ‘भ्वाइस अफ खोटाङ’ हुने भएको छ । गाउँ–गाउँमा लुकेर रहेका गायनका प्रतिभाहरुको पहिचान, सम्बद्र्धन उद्देश्यले ‘भ्वाइस अफ खोटाङ’को आयोजना गरिएको आयोजक नेपाल राष्ट्रिय दलित समाज कल्याण संघले जनाएको छ ।

तीन चरणको अडिसनबाट छनोट गरिने प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेलाईनगद पुरस्काका साथमा संगीत विद्यालयमा अध्ययन गर्ने र चलचित्रमा गीत गाउने अवसर समेत दिइने संघले बुधबार सदरमुकाम दिक्तेलमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

‘समतामुलक समाज निर्माणका लागि सांगीतिक अभियान’ भन्ने नाराका साथ गर्न लागिएको ‘भ्वाइस अफ खोटाङ’को पहिलो चरणको अडिसन मंसिर–२४ गते बाक्सिलाबाट सुरु गरेर पौष–१७ गते सदरमुकाम दिक्तेलमा समापन गरिने संघका सचिव दीपक ठटालले जानकारी दिए ।

बाक्सिलाबाट सुरु गरिने पहिलो चरणको अडिसन ऐसेलुखर्क, लामीडाँडा, हलेसी, बुइपा, मानेभञ्ज्याङ, सछितापोखरी, खोटाङबजारलगायतका ९ स्थानमा सञ्चालन गरिने छन् ।,सदरमुकाम बाहिर सञ्चालन गरिने पहिलो चरणको अडिसन सकिएपछि दोस्रो र तेस्रो अडिसन सदरमुकाम दिक्तेलमा गरिने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्