“कास त्यो फलामे डन्डी , एउटा मानिस हुन्थ्यो” – अनुषा न्यौपाने

“कास त्यो फलामे डन्डी , एउटा मानिस हुन्थ्यो” – अनुषा न्यौपाने

एक सुरमा
मोबाइल चलाउदै
हिड्दै थिए म
ठोक्किन पुगे
एउटा डन्डीमा
ऐया ! टूटुल्को पलायो !
कास त्यो फलामे डन्डी
एउटा मानिस हुन्थ्यो

कास त्यो फलामे डन्डी
एउटा मानिस हुन्थ्यो
ठोक्किएसी
टुटुल्कोको ठाउमा
माया पलाउथ्यो
कास त्यो फलामे डन्डी
एउटा मानिस हुन्थयो ।

टाउको ठोक्किएको सुरमा
रिसाएर हेर्नेथिएं म
ऊ मुसुक्क हासेर
सरी है भन्ने थ्यो
कास त्यो फलामे डन्डी
एउटा मानिस हुन्थ्यो

उसको त्यो मुस्कानले
भित्र भित्रै मख्ख पर्दै
कर्के नजर लाउदै
इट्स ओके भन्थ्ये म
कास त्यो फलामे डन्डी
एउटा मानिस हुन्थ्यो ।:)

कास त्यो फलामे डन्डी
एउटा मानिस हुन्थ्यो
अनि यो छोरीको पनि
प्रेम कहानी सुरू हुन्थ्यो
कास त्यो फलामे डन्डी
एउटा मानिस हुन्थ्यो ।।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्