हर्टअट्याकको लक्षण देखिएमा बिरामी आफैले अपनाउन सक्ने महत्वपूर्ण उपाय

हर्टअट्याकको लक्षण देखिएमा बिरामी आफैले अपनाउन सक्ने महत्वपूर्ण उपाय

हर्टअट्याक (हृदयघात) वा अन्य कारणले मुटुको गति बन्द हुने अवस्था आयो भने चक्कर लाग्छ, बेहोस हुने स्थिति आँउछ । १० सेकेण्डभित्र प्राथमिक उपचार नगरे बेहोस भइन्छ । बिरामी एक्लै भएको अवस्थामा यस्तो पस्थिति आयो, साथमा कोही छैन, औषधि पनि केहि छैन तर अस्पताल धेरै टाढा छैन भने अस्पताल जाँदाजाँदै एक प्रभावकारी र महत्वपूर्ण उपाय अपनाँउन सकिन्छ । यसरी प्राथमिक उपचार गर्दा आत्तिनुहुदैन र बेस्सरी जोडसँग खोक्न सुरु गर्नुपर्छ । खोकी कफ निकाल्न सक्ने जति जोडको साथ हुनुपर्छ । यसरी गहिरो सास लिने र जोडसँग खोक्ने गर्नुपर्छ । यसोगर्दा कृत्रिम श्वास र मुटुको बाहिरी मालिस (हार्ट मसाज ) गर्दाको जस्तै लाभ मिल्छ । अस्पताल पुगेर उपचार सुरु नहुन्जेल श्वास तान्ने, जोडले खोक्ने कार्य जारी राख्नुपर्छ । – डा. प्रकाशराज रेग्मी

 

Source: Swasthiya Khaber

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्