गजल -सिजन दाहाल

गजल -सिजन दाहाल

एक दिन मरुभुमी मै फूल फुलाउन सक्छौceejan
समुद्र पनि आगोले जलाउन सक्छौ

तिम्रो आँखालाई पढेपछि यस्तो लाग्दैछ
कहिलै नथाक्ने झरनालाई गलाउन सक्छौ

पाइलै पिच्छे असम्भव छ भन्नेहरुलाई देखाउन
आकाशबाटै जून र तारा खसाउन सक्छौ

कसले भन्छ गजल लेखेर केहि हुँदैन भनेर
गजल सुनाएरै सुनामी फर्काउन सक्छौ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्